नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा झापाका चूडामणि चापागाईं नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषदको बैठकले उनलाई नेप्से सीईओको जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरेको छ। चापागाईंको नियुक्ति त्यसरी गरिएको हो कि उनले लामो समय सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सजस्ता प्रतिष्ठित वित्तीय संस्थामा कार्य गरेको अनुभव छ, जसले उनलाई आर्थिक र व्यवस्थापकीय क्षेत्रमा व्यापक अनुभव प्रदान गरेको छ।चापागाईंको क्यारियर २ दशकभन्दा लामो छ, र यस अवधिमा उनले बैंकिङ, बीमा, र वित्तीय व्यवस्थापनका क्षेत्रहरूमा उल्लेखनीय योगदान दिएका छन्।यसअघि, नेप्सेको सीईओ पदको लागि नारद
बाँके, २०८१ भदौ १० – बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिकाबाट करोड भन्दा बढी मुल्यको अबैध सुनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वडा नम्बर ११ बी.पी. चोक आसपासमा अवैध सुनचाँदीको कारोबार भइरहेको विशेष सूचनाको आधारमा छापा मार्दा प्रहरीले ४०७ ग्राम अबैध सुन र चाँदी १० केजी ६१३ ग्राम सहितचारजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला बर्दिया, राजापुर नगरपालिका-८ का ४० वर्षीय नेपाली थारु, सोही ठाउँका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगंज उप-महानगरपालिका-११ का २१ वर्षीय राहुल सोनार र बाँके राप्तीसोनारी गाउँपालिका-४ का २४ वर्षीय ओम जङ्ग
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको हो ।जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।त्यस्तै, डिजेल, मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । भारतीय आयल निगमले भने पेट्रोल
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ । हिजोको तुलनामा पाउण्ड र युरोको भाउ बढेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा र क्यानडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले ज
मोरङको बिराटनगर-१६ बाट भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार हिजो राती कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिराटनगर १६ स्थितबाट भन्सार छली गरी नेपाल तर्फ भित्र्याउदै गरेको लेडिज टप्स ८४ थान र लेगिज ८८ थान बरामद गरेको हो । बरामद भएका करिव १ लाख २८ हजार मुल्य बरावरको रेडिमेड कपडाहरु आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।
कोरोना महामारी आर्थिक मन्दी, बैङ्कको चर्को ब्याजदर लगायतको मारबाट तङ्ग्रिँदै गरेको व्यापार, व्यवसाय तथा उद्योगमा स्थानीय सरकार तथा प्रशासनको व्यवसाय मैत्री व्यवहार नभएको व्यवसायीहरूले गुनासो पोखेका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घले बुधबार आयोजित स्वगत, छलफल एवम् शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीहरूले, प्रदेश सभासद् तथा सुनसरी जिल्लाका सुरक्षा प्रशासन प्रमुखहरू समक्ष उक्त गुनासो पोखेका हुन् । उनीहरूले नेपालीहरूको चाड दशै भित्रिसक्दा पनि बजार सुनसान रहेको र यस्तो अवस्थामा, अनुगमन तथा सुरक्षाको नाममा व्यावसायिलाई स्थानीय सरकार र प्रहरी प्रशास
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा १० दिनसम्म सञ्चालन हुने ‘धरान एक्स्पो–२०७९’ आज औपचारिक उद्घाटन भएको छ । धरान–१६ स्थित रङ्गशालामा फागुन ११ गते (आज) देखि २० गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोको प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा बेल्दै मुख्यमन्त्री कार्कीले आर्थिक विकासका लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूलाई आफूले गम्भीर रूपमा लिएको बताए । उनले असारमा बजेट बनाउँदा नेपालका केही ठुला घरानलाई सहयोग पुग्ने गरी र धेरै उद्योगलाई समाप्त पार्ने गरी बजेट बनाउने प्रयास भएकोले पनि औद्योगिक क्षेत्र धारासायि बनेको बताए ।&
झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा खर्चभन्दा रु एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिए ।गत आवमा झापामा रु २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व सङ्कलन र रु २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उनले बताए । “केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन”, उनले भने, “झापामा त्यस्तो अवस्था छैन, झापामा करमैत्री वातावरण बन्दै गएको छ ।”झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रि
तीन साताभित्र ताप्लेजुङमा तीन सय छ तोलाभन्दा बढी सुनसहित रु छ लाखभन्दा बढी नगद प्रहरीले बरामद गरेको छ । गत असोज १७ गते सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित मनी ट्रान्सर्फरमा भएको लुटपाटमा उक्त सुन र नगद बरामद गरिएको हो । ताप्लेजुङको फुङ्लिङस्थित कञ्चन मनी ट्रान्सर्फरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रबार साँझसम्ममा प्रहरीले ३०६दशमलव६१ तोला सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार बेलुका फुङ्लिङ नगरपालिकामा निर्माण हुँदै गरेको नयाँ बसपार्क छेउमा खाल्डो खनी पुरेको अवस्थामा ३३ थान अर्थात् ४६दशमलव६१ तोला सुनका गहना फेला पारिएको जिल्ला प्रहरी कार्यालय प्रम
नेपालमा चिया उद्योग भनेपछि झट्ट हामी इलाम र झापालाई सम्झन्छौँ तर पछिल्लो समय पूर्वी पहाडी जिल्लाहरूमा चिया बगान र उद्योगहरूको बिस्तारको क्रम बढ्दो रहेको छ । तिनै मध्ये एक हो गरस चिया उद्योग । भोजपुर ट्याम्के मयुङ्ग गाउँपालिकामा अवस्थित गरस चिया उद्योग जिल्लाकै पहिलो र एक मात्र चिया उद्योग रहेको उद्योगी शरमान गिरी बताउँछन् । झापामा लामो बसेर गिरी गृह जिल्ला फर्केका गिरी आफ्नै माटोमा केही गरै भन्ने इच्छा शक्तिका साथ भोजपुर हानिए ।अन्नबाली समेत राम्रो हुने उनको जमिन देखी बैरागीएका उनले झापामा रहँदा चिया बगानमा काम गर्ने साथीहरूसँग चिनजान बढाएका थिए ।
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.