जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै सन्दीप लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका छन् । लामिछानेले जिल्लाको उक्त फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बताएका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुन्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टीमबाट म अलग्गिएको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले जनाएको छ । यसैबीच सन्दीप लामिछ
विश्वकप छनोटको फाइनलमा नेपालले १८५ लक्ष्य दिएको ओमनले दोस्रो विकेट गुमाएको छ। १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर अकिब इल्यास आउट भएका छन् । १० औँ ओभरको चौथो बलमा उनी गुल्शन झाको बलमा आउट भएका हुन्। कश्यप प्रजापति ४७ रनमा खेल्दैछन्।अकिब र प्रजापतीबीच दोस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो। ओमानले २७ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन जोडेको छ। ओमानलाई अब १० ओभरमा ८८ रन आवश्यक छ।
धरानमा अन्तर विद्यालय स्तरीय दोस्रो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल टुनार्मेन्ट २०८० हुने भएको छ । भाद्र २५ गते देखी ३० गतेसम्म हुने बास्केटबल टुनार्मेन्टमा भाग लिन सुनसरी, झापा र धनकुटाका १६ वटा टिम सहभागी हुने आयोजक टिमले जनाएको छ । शुक्रबार आयोजक धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बुले पत्रकार सम्मेलन गरी टुनार्मेन्टको सम्पूर्ण तयारी भएको जानकारी दिएका छन् ।प्रतियोगिताका लागी कक्षा १० का ६ जना र ११ र १२ मा अध्ययनरत ६ जना विद्यार्थीलाई टिममा सामेल गर्न सकिने आयोजनाले जनाएको छ । टिममा सहभागीको खेलाडीको उमेर १९ वर्ष नपुगेको हुनुपर्ने आयोजकले
१० विकेटले पराजित बनेपछि नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार राति श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भएको समूह चरणको दोस्रो खेलमा भारतले १७ बल बाँकी हुँदै नेपालले दिएको लक्ष्य भेट्टाएको थियो ।नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो वर्षाका कारण ५० ओभरको खेल २३ ओभरमा झारिएसँगै भारतले १४५ रनको नयाँ टार्गेट पाएको थियो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो । यस अघिको खेलमा नेपाल पाकिस्तानसँग पनि पराजित भएको थियो । दुवै खेलमा पराजित भए पनि बलिया टिमसँग खेलेको
आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो ।समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको यो
युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा झापाका लागि खेलको ११औँ मिनेटमा जर्सी नम्बर ९९ का खेलाडी ग्लोरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको सुरुआती समयदेखि नै उत्साहजनक बनेको झापाले मङ्गलबार हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलमा रेड हर्ष फुटबल क्लब इलामसँग प्रतिस्पर्धा गर्नेछ । रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई २‐० गोलले पराजित गरेको थियो । आइतबार पहिलो चरणका खेल सकिएका छन् । प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम मानाभरा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५‐४ गोल अन्
अल्फाबिटा अन्तर कलेज छात्रछात्रा बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । सोही प्रतियोगितासँगै पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश पौडेलको प्रायोजनमा ुथ्री(पोइन्टु स्पर्धासमेत हुने जानकारी गराइएको छ । छात्रतर्फ १२ टिम र छात्रातर्फ ८ टिम सहभागी हुने प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटालगायतका जिल्लाबाट प्रतिनिधित्व हुने प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै धरान बास्केटबल एसोसिएसनले प्रतियोगिताले बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग पुर्याउने जान
पथरी । मोरङको पथरीशनिश्चरेमा आगामी असोज २२ गतेदेखि पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ अन्तर्गत क्रिकेट प्रतियोगिता हुने भएको छ। शनिबार अपरान्ह पथरीशनिश्चरे प्रिमियर लिग आयोजक कमिटीले मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी दिएको हो।पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता असोज २२ देखि कार्तिक ६ गतेसम्म पथरीशनिश्चरेको नगर रङ्गशालामा लिग, प्लेअफ र फाईनल खेलहरू हुनेछन्।नगर क्षेत्रमा रहेका नयाँ क्रिकेट खेलाडीहरूको क्षमता विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रतियोगितामा ८ टिमले सहभागीता जनाउने भएक
सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन जनता सेभेनले बिजयी सुरुवात गरेको छ । ज्यामिरगढी फुटबल क्लब मेचीनगर झापालाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो ।निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो । विवेक चौधरी र विपिन चौधरी चुक्दा ज्यामिरगढीले सेमीफाइनलमा स्थान बनाउन असफल भएको हो । जनताका सन्जोग खड्का गोल गर्नबाट चुके ।ज्यामिरगढीका निरोज कार्की, अस्मिन मगर, सन्तोष परियार, सन्दिप खवास, मानव पौडेल र अविनाश चौधरीको प्रहार गोलमा परिणत भएको थियो । जनताका सचिन यल्मो, सुमन कार्की, रुपेश राई, निशान राई, सुरज थामी, अविश
प्रथम पाचँकन्या कप फुटबल प्रतियोगिता २०७८ को फाइनलमा मुकुम्मुलुङ फुटबल क्लब र तल्लो देउराली फुटबल क्लब भिड्ने भएका छन् । पाचँकन्या क्लब धरान ५ द्वारा आयोजित साबिकका पाचँकन्या गाविसका १४ टिम सहभागी प्रतियोगिताको आज हुने फाइनल खेलमा मुकुम्मुलुङ र तल्लो देउराली फुटबल क्लब भिड्ने भएका हुन् । चैत्र १८ देखि धरान ५ स्थित हिमाली माविको खेल मैदानमा जारी खेलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा टाई ब्रेकरमा विशाल चोक फुटबल क्लबलाई ५–४ गोल अन्तरले हराउँदै मुकुम्मुलुङ फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनलमा ५–४ गोल अन्तरले टाई ब्रेकरमै झोडापाट
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.