तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया, सिँचाइको असुविधालगायतका कारणले जुटखेतीको क्षेत्रफल घटाएको किसान बताउँछन् ।कुनै समय जुटखेतीका लागि
रासस । सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको नामले चिनिन्छ । श्रीलङ्का टापुका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ ।मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नदी सप्तकोसीको पूर्वी र पश्चिमी भङ्गालोको बीचमा अवस्थित छ । यस क्षेत्रका बासिन्दा तरकारी खेती गरेर परिवार धान्दै मात्र नभई बचतसमेत गर्दै आएका छन् ।खासगरी मौसमअनुसारको तरकारी परबल, बोडी, करेला, घिरौँला, आलुलगायतका तरकारी उत्पादन गरी परिवार धान्दै आर्थिकरूपमा फड्को मारेका छन् । तरकारी बि
नेपालमा चिया उद्योग भनेपछि झट्ट हामी इलाम र झापालाई सम्झन्छौँ तर पछिल्लो समय पूर्वी पहाडी जिल्लाहरूमा चिया बगान र उद्योगहरूको बिस्तारको क्रम बढ्दो रहेको छ । तिनै मध्ये एक हो गरस चिया उद्योग । भोजपुर ट्याम्के मयुङ्ग गाउँपालिकामा अवस्थित गरस चिया उद्योग जिल्लाकै पहिलो र एक मात्र चिया उद्योग रहेको उद्योगी शरमान गिरी बताउँछन् । झापामा लामो बसेर गिरी गृह जिल्ला फर्केका गिरी आफ्नै माटोमा केही गरै भन्ने इच्छा शक्तिका साथ भोजपुर हानिए ।अन्नबाली समेत राम्रो हुने उनको जमिन देखी बैरागीएका उनले झापामा रहँदा चिया बगानमा काम गर्ने साथीहरूसँग चिनजान बढाएका थिए ।
इनरुवा । गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपाली मकै लगाएको छैन् । उनले आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका यादवले यसपाली गहुँ लगाएका छन् ।विगतमा एक कट्ठामा ७ क्वीन्टल सम्म मकै उत्पादन भएको उनी सुनाउँछन् । “क्वीन्टलको तीन हजार रुपैयाँमा बिक्री पनि भयो”, उनले भने, “पोहोर फौजी किराले उत्पादन निकै कम भएपछि यसपाली अरु बाली लगाइयो ।”भोक्राहा नरसिंह गाउँपालिकाको मकै बाली राम्रो हुने ठाउँ हो । भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि विकास शाखाका अनुसार यहाँ बेसिजनमा पनि करिब ३ सय विघा जमिनमा मकै खेती हुने गरेको छ । गाउँपालिका
मोरङको पथरी शनिश्चरे ८ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको बजेटमा २ स्थानमा सम्पन्न शिविरमा ७ हजार ८ सय ४० को मेडिकल उपचार, २ सय १४ को माइनर सर्जिकल उपचार र ८४ को गाइनोक्लोजिकल गरी ८ हजार १ सय ३८ पशुको उपचार भएको छ । जसमा, १ हजार ४८ गाई भैंसी, १ हजार ८ सय २९ बाख्रा, ९ सय ८८ बंगुर, ४ हजार १ सय ८४ कुखुरा र ८९ वटा हाँस रहेको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य गीता विश्वकर्मा सहितको उपस्थितीमा शिविर सम्पन्न भएको हो । पुस २ गते वडा नम्बर ७ ले निःशुल्क पशु स्वास्थ्य शिविरको आयो
दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेको छ । यो व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरीरहेका छैनन् जिल्लाका युवाहरूको आइडल पनि बनेका छन् ।कुमार सापकोटा, माधवराज सापकोटा, टोपनाथ सापकोटाले सुरू गरेको भैंसी पालनबाट आकर्षित भएर साँगाचोकगढीका अरु युवा पनि अहिले भैंसीपालन गर्न थालेका छन् । उनीहरूले करिब ५५ लाखमा सुरू गरेको भैंसीपालनबाट अहिले माहिना मै साढे ४ लाखसम्म आम्दानी गरिरहेका छन् ।सिन्धु–कुभिण्डे कृषि फर्म खडा गरेर उनीहरूले ११ वटा भैंसीबाट व्यवसाय सुरु गरेको बताए । अहिले २१ वटा भै
झापाको कमल गाउँपालिकामा सबैभन्दा बढी आलु उत्पादन हुँदै आएको छ । कमलका किसान आलुमा आत्मनिर्भर छन् । त्यसैले कमल-२ मा सरकारले आलु ब्लक कार्यक्रम नै सञ्चालन गरेको थियो । सरकारले पाँच वर्षसम्म आलु पकेट र ब्लक कार्यक्रम कमल-२ मा चलायो । यस वर्षदेखि आलुमा कार्यक्रम सकिएको थियो । उक्त कार्यक्रम आइपिएम कृषि सहकारीले संचालन गर्दै आएको थियो । सरकारी कार्यक्रम सकिए पनि कृषकलाई सहकारीले सहयोग गर्दै आएको थियो ।पाँच वर्षसम्मको सरकारी सहयोगले उत्साहित किसान आलुमै केही गर्ने लक्ष्यका साथ आलु खेतीमा लागेका थिए । तर, आलुबाट आत्मनिर्भर हुने किसानको सपना चकानाचुर भएको छ । गत वर्ष उत्पादन भएको आलु बिक्री गरे
विश्व बैंकको सहयोगमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजनाले मोरङको पथरी शनिश्चरे २ मा सञ्चालन गर्ने दुग्ध विविधिकरण व्यवसाय सम्बन्धी आज प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ र ३ का कृषकहरु सहभागि कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले यो र यसखाले कार्यक्रमले नगर मासु, अण्डा र दुधमा आत्मनिर्भरताको बाटोमा अघि बढेको मात्र नभई निर्यात समेत गर्न थालेको खुसीको अवस्था व्यक्त गरे । वडा नम्बर २ का अध्यक्ष यामप्रसाद गुरागाईं, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, इनोभेसनका लागि स्थानीय ऋण सहयोगी संस्था राष्ट्
कुलप्रसाद काफ्ले१५ कात्तिक, चितवन । तिहार नजिकिँदै जाँदा चितवनमा सयपत्री फूल तयार भएका छन् । यहाँका बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्, तिहारको पर्खाइमा । अबको दुईरतीन दिनमा फूल टिप्ने तरखरमा छन्, यहाँका किसान । सयपत्री फूलखेतीमा पछिल्ला वर्ष युवा पुस्ताको आकर्षण पनि बढ्दै गएको छ ।सप्तरी राजविराजका शशन देवकोटाले भरतपुर महानगरपालिका(५ समीचोकमा पाँच कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन् । बारीमा फूल टिप्ने बेला भइसकेको छ । लक्ष्मी पूजाको अघिल्लो दिनदेखि फूल टिप्न थाल्ने उनले योजना बनाएका छन् ।‘पहिलो पटक सयपत्री फूल लगाएको हो । राम्रो भएको छ’, उनले भने । उनले कलकत्ते हाइब्रिड र कर्मा(५५५ जातको
धानबालीमा लाग्ने फड्के किराहरु अत्यन्तै हानिकारक किरा हुन। विगतका वर्षहरुमा यी किराहरुले धानबालीमा ठूलो मात्रामा क्षति गरिरहेका छन्। यस वर्ष पनि प्रदेश नं. १ का विभिन्न क्षेत्रहरुमा धानबालीमा फडके कीराहरुले क्षती गर्न सुरु गरेको पाईएकोले धान खेती गरिरहनु भएका कृषकहरुलाई नियमित रुपमा आफ्नो खेतबारीको अवलोकन गरि समय मै यस कीराको व्यवस्थापनमा लाग्नु हुन अनुरोध सहित यो कीराको पहिचान, क्षतीकाे प्रकृति तथा व्यवस्थापनका बारेमा केहि जानकारी यहाँ प्रस्तुत गरिएको छ।धान बालीमा सामान्यतया निम्न ३ किसिमका फड्के कीराहरुले क्षति गर्दछन्।1. खैरो फड्के (Brown Plant Hopper)2. हरियो फड्के (Green Leaf Hopper)3. से
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.