सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ की २६ बर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ७ गते शुक्रबार आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनाल सहित खाल्डोमा पुरेको भन्ने खबर प्राप्त भए सगैं जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट शिशुको शव निकाली पोष्टमोर्टमको लागि जिल्ला अस्पताल फाप्लुमा पठाएको र हत्यामा संलग्न आमा रत्नमाया भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
कोशी प्रदेशसभाको शनिबारको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ। बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१–८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ पेस गरेका थिए। नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सविना बजगाईंले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बहुमत
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेश सभामा कार्कीले विश्वासको मत लिएका थिए ।असोज २८ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेश सभामा उपस्थित ९१ सांसद मध्ये कार्कीको पक्षमा ८६ र विपक्षमा मत ५ खसेको हो ।सत्ता गठबन्धन दलको निर्णय विपरीत काँग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री दाबी पेस गरेका कार्कीलाई काँग्रेस शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ सांसदसहित ४७ सांसदको समर्थन रहेको थियो ।गठबन्धनले भने माओवादी केन्द्रका इन्द्र आङ्वोलाइ मुख्यमन्त्रीमा अघिसारेको थियो । काँग्रेसका
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबार भएकाे दोश्रो प्रदेश सभाको चौथो अधिवेशन अन्तरगतकाे तेश्रो बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन् । विश्वासकाे मत दिन अग्रह गर्दै मुख्यमन्त्री कार्कीले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताएका छन् । उनले सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताउँदै उनले राज्यका हरेक निकायमा जनताको पहुँच पुर्याउनका लागि काम गर्ने बताए । विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे ।९३ स
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छ। प्रदेश प्रमुख प्रशुराम खपुङ्ले कार्कीलाई संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री नियुक्त गरेका हुन् ।संविधानको धारा १६८(३) अन्तरगत मुख्यमन्त्री भएका एमालेका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अन्तरगत सरकार गठनको आव्हान गरेका थिए । प्रदेश प्रमुखको आव्हान अनुसार सत्ता गठबन्धनको निर्णय अनुसार माओवादी केन्द्रका ईन्द्र आङ्वो र एमाले र काँग्रेस शेखर कोइराला पक्षका ८ सांसदको समर्थनमा कांग्रेस कै केदार कार्कीले दावी पेस गरेका थिए । दुबै
कोशी प्रदेशमा मुख्यमन्त्रीको बादी कर्ताहरूको समर्थक सङ्ख्या बराबर भएपछि शनिबार प्रदेश प्रमुखले सनाखत गर्ने भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको अन्तिम म्यादमा सत्ता गठबन्धनको निर्णय अनुसार माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र एमाले र शेखर कोइराला पक्ष सांसदहरूको समर्थनमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।दुवैले दाबी पेस गर्ने क्रममा काँग्रेसका ८ सांसदको हस्ताक्षर दोहोरिएको थियो । आफ्नो पुरानो हस्ताक्षर प्रयोग गरेर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको भन्दै दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली काँग्रेसका केदर कार्कीले दाबी पेश गरेका छन् ।सत्ता गठबन्धनले आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे लगत्तै काँग्रेसको शेखर कोइराला पक्षबाट कार्कीले एमालेको समर्थनमा दाबी पेस गरेका हुन् । काँग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका थिए । आङ्बो गठबन्धन दलका सांसदहरूको पुरानो हस्ताक्षर लिएर दाबी पेस गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्विप नलाग्ने र स्वतन्त्र हैसिय
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् ।उनले विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको सदनमा जानकारी गराएका थिए । उनले मध्यावधि निर्वाचनमा जान नदिन एमाले त्याग गर्न तयार रहेको भन्दै राजीनामा दिएका हुन् । प्रदेशमा कुनै पनि दलको बहुमत नरहेको र दलहरू सहकार्य हुन नसके थप जटिल मोडमा पुगेको बताए । कार्कीको विश्वासको मतको लिने प्रयोजनका लागि आयोजित बैठकमा विश्वासको मतको लिने प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको दिउँसो १ बजे बस्ने बैठकमा कार्कीले विश्वासको मत लिने तयारी रहेको भए पनि कार्कीले विश्वासको मत पाउने बलियो आधार बनिसकेको छैन । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ३९ सांसद मात्रै छन् । उनलाई समर्थ दिन सक्ने राप्रपाको ६ मत मात्रै छ । नेपाली काँग्रेस २९, माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ सिट रहेको छ भने जसपाको १ मत गरी विपक्षमा ७४ मत रहेको छ । केन्द्रीय सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले अहिले सरकारलाई विश्वासको मत दिने सङ्केत गरेका छैनन् । राप्रपाले पनि विश्वासको मत नदिने बताइरहेको छ । राप्रपा ब
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ विजयी भएका छन् । असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी भएकाहुन् राईसंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् । राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयी हुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीको उपसचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मतमा दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बनेकीछिन् । त
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.