धरानका मेयर हर्क साम्पाङले धरान धार्मिक पर्यटकिय स्थल भएको बताएका छ्न् । उनले धरानमा विभिन्न मठ मन्दिरहरु रहेको र भाकल चढाउन, बोल बमलगायतको धार्मिक आस्थाका साथ तिर्थालु आउने गरेको मेयर साम्पाङले बताएका छ्न् । उनले धराना सुम्निमा र पारुहाङको विशाल मुर्ति बनाउने सोच रहेको र त्यसकालागि योजना कार्यपालिकामा लाने समेत बताएका छन् । आज विश्व पर्यटन दिवसको अवसरमा उपमहानगरपालिकाबाट धरानका विभिन्न पर्यटकिय स्थलको पदयात्रा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त पदयात्रा कार्यक्रमको समापनमा बोल्दै मेयर साम्पाङले यस्तो बताएका हुन् ।
पूर्वी नेपालको ओझेलमा परेको धार्मिक पर्यटकीय गन्तव्य हो, शिवधारा । संखुवासभाको मकालु गाउँपालिकास्थित शिवधारा समुन्द्री सतहबाट चार हजार ६ सय मिटरको उचाइमा पर्छ । वरुण नदीको शिर शिवधारालाई तीर्थस्थलका रूपमा लिइन्छ । धार्मिक आस्थासँगै प्राकृतिक रूपमा पनि सुन्दर गन्तव्य हो, शिवधारा । यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । शिवधाराको महिमाका बारेमा प्रचारप्रसार नहुदा र त्यहाँसम्म पुग्ने सडक र बाटोघाटोको अवस्था पनि राम्रो नहुँदा यो धार्मिक तथा पर्यटकीय गन्तव्य ओझेलमा परेको छ ।शिवधारा गुफा:शिवधारामा गुफा पनि छ । यो २५ मिटर उचाइ र २० मिटर लम्बाइ तथा चौडाइ रहेको छ । पहराबीचबाट निरन्तर पानीको
मोरङको पथरीशनिश्चरे नगरमा स्थापित पर्यापर्यटन क्षेत्रमा आगामी नयाँ बर्षदेखि पर्यटक भित्र्याउने योजना पास भएको छ । हरियाली सामुदायिक वन पब्लिक लिमिटेडको सोमबार आयोजित दोस्रो वार्षिक साधारण सभाले आगामी २०७९ बैशाख १ बाट आन्तरिक पर्यटकहरुको लागि खुल्ला गर्ने निर्णय भएको छ । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले हरियाली सामुदायिक वनमा बन्न लागेको पर्यटन क्षेत्रले नगरमा सबैभन्दा ठूलो आम्दानीको श्रोत बन्ने बताए । बिदेश भिजिट हङ्कङ जाँदा बिग बुद्ध लगायत र पूर्बी नेपालको बिभिन्न स्थान घुमेको अनुभव सुनाउदै हरियालीमा बन्न लागेको पर्यटन क्षेत्रको उच्च संभावना रहेको बता
झापा, ३ मंसिर ।इलामको रोङ गाउँपालिकाले २९ किलोमिटरको पद मार्ग निर्माण गरेको छ । रोङ-६ को सिद्धि नदीदेखि रोङ-३ को हाँसपोखरीसम्म २९ किलोमिटरको पद मार्ग निर्माण भएको हो । यसको प्रारम्भिक संरचना निर्माणको काम सम्पन्न भएको रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । करिब एक करोड ३० लाखको लागतमा निर्माण भएको पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने उनले बताए । पैदल यात्राको आकर्षण बढ्दै गएका कारण यो पदमार्ग निर्माण गरिएको उनले बताए । ‘यहाँका पर्यटकीय क्षेत्रसँग कसरी जोड्ने भन्ने योजना थिएन । पदमार्गले यहाँका पर्यटकीय क्षेत्रलाई जोड्छ,’ स्याङ्बोले भने,
सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो ।आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औधोगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए । हालसम्म कुनै पनि एयरलाइन्सले विराटनगरबाट भैरहवाको सिधा उडान गरेको छैनन् । एयरलाइन्सले हाल नौ वटा स्थानमा उडान गर्दै आएको छ ।भैरहवा–विराटनगर थपिएसँगै अब दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको ए
सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो । हाल यात्रु र चालक दलका सदस्य सकुशल छन् ।तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको स्रोतले जनाएको छ ।
विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, तेह्रथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा ७, रतुवामाईमा ४, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा र लेटाङमा २–२ , रंगेली, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा १४, मेचीनगर र अर्जुनधारामा ८–८, शिवसताक्षीमा ७, गौरीगञ्जमा ४, गौरादहमा ३, हल्दिबारी, कनकाई र भद्रपुरमा २–२, कचनकवल, बुद्
सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिबार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा ३४ वर्षीय अमेरिकाका नागरिक पुव्येलियु र स्विजरल्याण्डका ४१ बर्षीय आवाराइजकाे सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरीले जनाएकाे छ । मृतककाे उद्दारका लागी जिल्ला प्रहरी साेलुखुम्बुमा पहल गरिएकाे उक्त कार्यालयले जनाएकाे छ ।
बेलबारी । मोरङको केरावारी २ सिहदेवि (जेफाले)का नारायण राईले ६ रोपनी पाखोबारीमा किवी खेती गरेको ७ बर्ष भयो । राई जिल्लाकै पहिलो किवि उत्पादन गर्ने समेत किसान हुन् । कालो झार मात्रै उम्रने वारीमा फाडफुड गरेर राईले मकै कोदो रोप्ने गरेका थिए । मकै कोदो समेत दुम्सीले खाएपछि राईले काठमान्डौ वाट ५ वटा किविका बिरुवा ५ सय रुपैया प्रति गोटाले किनेर रोपे । उनले रोपेको विविको ३ बर्षमा फल्न थाल्यो भने त्यहि बाट उनले नयाँ बिरुवा थपे । अहिले उनको वारीमा १ सय बोट भन्दा बढि किवि लटहरम्म फल्न थालेको छ । ५० रोपनिलाई पुग्ने गरी राईले किविको नर्सरी राखेका छन । अमिलो र गुलियो स
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.