प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा मंगलबार साँझबाट अनफलो अभियान सुरु भएको छ । यो अभियान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले सुरु गरेका हुन्। मंगलबार बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग राख्दै एक फेसबुक पोस्ट गरेका थिए उनले शर्माले एक नाबालिगलाई घरेलु कामदारका रूपमा यातना दिएको र अदालतले समेत पक्राउ गर्न भने पनि पक्राउ नभएकी भन्दै प्रधानमन्त्री ओली माथि सुशासनको प्रश्न उठाएका थिए । केही समयपछि फेसबुकबाट उक्त पोस्ट हटेको थियो । बालेनको पोस्ट उनको वालबाट हटेको केही समय पछिबाट बालेन समर्थकले एमाले समर्थकले रिपोर्ट गरेका कारण फेसबु
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले बहालवाला प्रदेश सांसद शर्माको बारेमा विवादित स्टाटस लेखेर सामाजिक सञ्जालमा हलचल मच्चाएका थिए। बालेनले सांसद शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको आरोप लगाउँदै आइतबार फेसबुकमा स्टाटस लेखेका थिए। उनले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मुछ्दै सरकारको निष्क्रियता माथि प्रश्न उठाएका थिए। बालेनले फेसबुक स्टाटसमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै हिंसा गर्ने सांसदलाई कानुनी कठघरामा उभ्याउनुपर्ने र सरकारले कुनै कदम नचालेकोप्रति असन्तुष्टि जनाएका थिए। उनले काठमाडौं महानगरले त घरेलु कामदारको शोषणविरुद्ध कदम उठाए पनि, स
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रकरणमा पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतीकलाई गत असार १४ गते शुक्रबार प्रहरीले पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकराणमा उनको नाम मुछिएपछि उनी फरार रहेका थिए। मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सकुन्तला कार्कीको एकल इजालसले पुर्पक्षका लागि थुनामा पठाउन भनेको हो। अदालतको आदेशसँगै उनलाई केन्द्रीय कार्य
कोशी प्रदेशसभाको शनिबारको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ। बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१–८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ पेस गरेका थिए। नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सविना बजगाईंले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बहुमत
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेश सभामा कार्कीले विश्वासको मत लिएका थिए ।असोज २८ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेश सभामा उपस्थित ९१ सांसद मध्ये कार्कीको पक्षमा ८६ र विपक्षमा मत ५ खसेको हो ।सत्ता गठबन्धन दलको निर्णय विपरीत काँग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री दाबी पेस गरेका कार्कीलाई काँग्रेस शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ सांसदसहित ४७ सांसदको समर्थन रहेको थियो ।गठबन्धनले भने माओवादी केन्द्रका इन्द्र आङ्वोलाइ मुख्यमन्त्रीमा अघिसारेको थियो । काँग्रेसका
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् ।उनले विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको सदनमा जानकारी गराएका थिए । उनले मध्यावधि निर्वाचनमा जान नदिन एमाले त्याग गर्न तयार रहेको भन्दै राजीनामा दिएका हुन् । प्रदेशमा कुनै पनि दलको बहुमत नरहेको र दलहरू सहकार्य हुन नसके थप जटिल मोडमा पुगेको बताए । कार्कीको विश्वासको मतको लिने प्रयोजनका लागि आयोजित बैठकमा विश्वासको मतको लिने प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ विजयी भएका छन् । असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी भएकाहुन् राईसंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् । राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयी हुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीको उपसचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मतमा दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बनेकीछिन् । त
नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाले ४३० मत प्राप्त गर्दा खतिवडाले ५१२ मत ल्याइ विजयी भएको निर्वाचन कमिटीले जनाएको छ । दुबै जना मोरङका उनिहरु खतिवडा लेटाङ निवासी पूर्व सांसद हुन भने ढकाल विराटनगर निवासी नेकपा एमालेको केन्द्रीय सदस्य हुन् । यस अघि ढकाल र खतिवडा २०६६ सालमा एमालेको मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यस बखत हार बेहोरेका खतिवडाले १४ बर्षपछि प्रदेश अध्यक्षमा विजयी भएर उक्त हारको पैचो तिरेका छन् । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर
नेकपा एमालेले नयाँ नेतृत्व छनोटका लागि आइतबार राति साढे १० बजेदेखि मतदान सुरु गरेर ५ बिहान ५ बजे मतदान सहिएको छ । दिउँसो १ बजेबाट मतदान सुरु गर्ने भनिए पनि तयारी नपुगेको भन्दै राती साढे १० बजेबाट मतदान सुरु गरेको हो । मतदान गरी सकिए पनि मतगणना भने सोमबार आज दिउसोबाट गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए । २० जनाले मतदान गरेनन् । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोट
नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु भएको छ। ११ बजेबाट सुरू हुने भनिएपनि १ बजेदेखि सुरु भएको अधिवबेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। विराटनगरकाे होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना अधिवेशन प्रतिनिधि सहभागी रहेका छन् ।अधिवेसनकाे उद्घटन गर्दै अध्यक्ष ओलीले आफुले कसैलाई पनि अध्यक्षका लागि नभनेको बताउदैं सहमति नभए निर्वाचन हुने बतार्का छन् । अध्यक्षमा केन्द्रीय सदस्य विनोद ढकाल र पूर्व संसद घनश्याम खतिवडा रहेका छन् । अर्का अध्यक्षको दाबी गरिरहेका टिकाराम चेम्जोङसंग नेताहरूले उपाध्यक्षकाे चर्चा गरिरहेका छन
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.