उदयपुर । श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका-४ का ३५ बर्षीय जंग बहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजले स्थितमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ बर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानुनि कारव
काठमाडौँ उपत्यकामा निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले ३२ जनाको ज्यान गएको छ भने १२ जना अझै बेपत्ता छन्। काठमाडौँ, ललितपुर, र भक्तपुर गरी कूल १,०५३ जनालाई उद्धार गरिएको छ। काठमाडौँमा ११, ललितपुरमा १६, र भक्तपुरमा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। साथै, १७ जना घाइते भएका छन्।बाढीले काठमाडौँ उपत्यकाका धेरै क्षेत्रमा घरहरू डुबानमा पारेका छन्, जहाँ ४ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १,२४४ घरमा पानी पसेको छ। यस विपद्को व्यवस्थापनमा ४,५०० भन्दा बढी प्रहरी परिचालित गरिएको छ। नेपालभरका ४४ जिल्लामा बाढी र पहिरोको असर परेको छ, जसले ३९ जिल्लाका सडकहरू पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
कोशी ब्यारेजमा जलस्तर खतराको बिन्दु नाघेसँगै राताे झण्डा फहराइएको छ। बहाव ५ लाख २१ हजार ४ सय ५५ क्युसेक पुगेको छ र सबै ५६ ढाेका खुला गरिएका छन्। जलस्रोत विभाग पटनाले ब्यारेजमा पानीको प्रवाह ७ लाख क्युसेकसम्म पुग्न सक्ने अनुमान गरेको छ।हालसम्म सुनसरीका तटीय क्षेत्रमा कुनै ठूलो क्षति भएको छैन भनेर स्थानीय प्रशासनले जानकारी दिएको छ। यद्यपि, बिचडिग्री टापुमा फसेका २७ जना गोठालाको उद्धारमा कठिनाइ भइरहेको छ। खराब मौसमका कारण उद्धारका लागि हेलिकप्टर परिचालन हुन सकेको छैन भने सुरक्षाकर्मी टोली पनि उद्धारका लागि जान सकेका छैनन्।पुल माथिबाट पानी बगेपछि कोशी ब्यारेजमा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
कोशी नदीमा बस खसेको छ । शुक्रवार साँझ ६ बजेको विराटनगरबाट उदयपुरको गाईघाटका लागि छुटेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस कोशी ब्यारेजबाट नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीलेका अनुसार ब्यारेजको ३४/३५ नम्बर ढोका छेउबाट बस अनियन्त्रित भई नदिमा खसेको हो ।बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको बताइएको छ । बसमा २० जना मात्रै यात्रु रहेको र सबैको उद्दार गरिएको बताइएको छ । उद्धार भएका यात्रुलाई विभिन्न अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी भने आइसकेको छैन ।
झापा जिल्लाको हल्दिबारी गाउँपालिका-३, रमाईलो चोकस्थित एक घरमा आगलागी हुँदा ठूलो क्षति भएको छ। आज बिहान २:२० बजे, हुलाकी राजमार्गको दक्षिण किनारमा रहेको तारा बल गिरीको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार आगलागीका कारण गिरीको भुइँ ढलान गरेको इटाको बेर गरी काठको तला हालेर बनाइएको ६ कोठे घर र घर पछाडिको गोठ पूर्ण रूपमा नष्ट भएको छ। गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको छ भने १ वटा बाछा जलेर घाइते भएको छ। घरभित्र भण्डारण गरिएको धान, चामल, मकै, र गहुँसहित करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयले जनाएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकमा ६० वर्षीय चन्द्रबहादुर तामाङ घरमै मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले चन्द्रबहादुरको हत्या भएको आशंका गरिएको र धारिलो हतियार प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए।चन्द्रबहादुर र उनका ज्वाइँ, २५ वर्षीय रविन राई, सोही घरमा बस्दै आएका थिए। प्रहरीका अनुसार, शुक्रबार राति मदिरा सेवनपश्चात उनीहरूबीच विवाद भएको थियो। घटनापछि रविन फरार छन्। चन्द्रबहादुरकी श्रीमती र छोरी वैदेशिक रोजगारीमा रहेका छन्, जसले गर्दा घरमा ससुरा र ज्वाइँ मात्
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउँछु भन्दै रकम ढगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा र बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं. २ का ४३ वर्षीय मान बहादुर चौधरी रहेका छन्।एकदर्जन भन्दा बढी बेरोजगार युवायुवतीहरुलाई प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशहरुमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै २२ लाख ठगी गरेको आरोपमा प्रहरीले उनीहरु पक्राउ गरेको हो । प्रहरीका अनुसार लामालाई धुलिखेल नगरपालिका वडा नं. ७ बाट पक्राउ गरिएको हो। उनले
मोरङको लेटाङमा फार्मेसीको लापरबाहीका कारण महिलाको मृत्यु आरोप लागेको छ । मंगलबार लेटाङ नगरपालिका–३ मा रहेको दीर्घायु लेटाङ फार्मेसीमा उपचारका लागि आएकी ३३ वर्षीया गोमा लिम्बूको मृत्यु भएपछि परिवारजनले फार्मेसीको लापरबाहीका कारण मृत्यु भएको बताएका छन् । लिम्बूको दिउँसो ४ बजेतिर मृत्यु भएपछि, आक्रोशित परिवारजनले उनको शव फार्मेसीअगाडि राखेर विरोध जनाएका छन्। परिवारजनले फार्मेसीमा भएका स्वास्थ्यकर्मीहरूको लापरबाहीलाई महिलाको मृत्युको कारण ठहर गर्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।स्थानीय प्रशासनले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ। यस घटनाले स्थानीय समुदायमा
सुनसरीको गढि गाँउपालिका-२ भमरी चोक स्थितमा टेम्पुको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ बर्षीय छोरा प्रमन साह हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीए जनाएको छ। भदौ १७ गते साँझ साढे ६ बजे को. २ ह १८३७ नम्बरको टेम्पुले बाटो क्रस गर्दै गरेको बालकलाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल लागिएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ। ठक्कर दिने टेम्पु र चालक दुहबी नगरपालिका-१० का ४० बर्षीय राम कुमार हरिजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।
मोरङ, बूढीगंगा। सोमबार दिउँसो बूढीगंगा गाउँपालिका-२ टंकी चोकमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन्। कोशी लोकमार्गअन्तर्गत सडक पार गर्दै गरेको ना ३ ख १०७१ नम्बरको ट्रकलाई जोगाउने क्रममा को १ ज २१५० नम्बरको म्याजिक भेन सडकमा पल्टिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दिउँसो १ बजेतिर भएको दुर्घटनामा म्याजिक भेनमा सवार ८ जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.