प्रवीण अधिकारी विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका शैक्षिक संस्थाहरूमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ। झापाका अधिकांश आवासीय तथा गैर आवासीय शिक्षण संस्थाहरूमा मानवीय स्वास्थ्यमा दीर्घकालीन रूपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिबन्ध गर्न र अटेर गरे कारबाही गरिने नेकपा झापाले जनाएको छ । नेकपाका जन वर्गीय सङ्गठनले आज (सोमवार) बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर झापाका शिक्षण संस्थाहरूमा एक महिनाभित्र जंकफुड प्रतिबन्ध लगाउने जानकारी दिएको हो । पार्टीले सेन्टर फर डिजिज कन्ट्रो
विराटनगर । मोरङ र झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ५ बजे झापाको मेचिनगर नगरपालिका ६ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको दमक ४ का २७ वर्षीय बिर्जेश सुनुवारलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उनको साथबाट २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै पक्राउ गरेको हो । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह पिआइटी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टो
सुनसरीको बराहक्षेत्र नगरपालिकामा २ स्थित मानव बस्तीमा जंगली हात्तीको वथान प्रवेश गरेको छ । बुद्ध चौक र शान्ति चौक क्षेत्रमा अन्दाजी ४० को सङ्ख्यामा जङ्गली हात्ती प्रवेश भएको बताइएको छ । हात्ती गाउँ छिरेसंगै स्थानीयबासी तथा प्रहरीले साइरन बजाएर आगो बलेको धपाउने प्रयास गरिरहेका छन् । छावासहितको हात्तीको वथान वडा नं २ को कौशिका सामुदायिक वन र आदर्श सामुदायिक वनबाट रेल्वेलाईन र पुनरवास टोलको बस्तिमा प्रवेश गरेको हो । स्थानियहरुको सुरक्षाको साथै उक्त जंगली हात्तीलाई जंगल तर्फनै फर्काउन नेपाल प्रहरी , सशस्त्र प्रहरीका साथै बराहक्षेत्र नगरपालिकाको मेयर र
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको
धरान उपमहानगरपालिका ६ मा टेम्पू दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, तीन जना घाइते भएका छन् । मालपोत चोक नजिकै को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पूमा सवार ४ जना घाइते भएका थिए । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकोमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।दुर्घटनामा परी सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् । त्यस्तै, मोटसाइकलले ठ
सुनसरीको दुहबीमा मेसिनमा च्यापिएर कामदारको मृत्यु भएको छ । सोमबार दुहबी नगरपालिका ३ सोनापुरमा रहेको प्रीमियर अर्ग्यानिक बिअर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । कार्यालयका स्थानिय १८ बर्षिय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको हो ।घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकोलागी कोशी अस्पताल बिराटनगर पठाएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ
जनकपुर जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रेल मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।
ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गाउँपालिका १ आमचौकमा भिरबाट लडेर ४१ वर्षीय दुर्गा प्रसाद बि.कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार दिउँसो २ बजे घरबाट हिडेका दुर्गा प्रसाद साझसम्म घर नफर्केपछि आफन्त तथा प्रहरी चौकी मेवाखाको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा बिहिवार (आज) बिहान साढे ७ बजे आमचौक स्थितको भिरबाट अन्दाजी १०० मिटर तल मृत अवस्थामा फेला परेको कार्यालयले जानकारी दिएको छ ।घटनास्थलको कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ प
झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो झापाको दमक नगरपालिका-३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका-११ का ४५ बर्षीय चंख बहादुर सार्की मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाईते भएका थिए । उनको उपचारको क्रममा अरनीको अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही दिन बेलुका झापाको कन्काई नगरपालिका- ३ मा घर निर्माण गर्ने क्रममा ६ नम्बर वडाका ३६ बर्षीय राम कुमार श्रेष्ठको करेन्ट लगेर मृत्यु भएको कार्यालयले जनाएको छ । श्रेष्ठ स्थानीय हरिहर
भारतबाट अबैध रुपमा भित्र्याइएका चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका-११ मा संचालित पशुपति ज्वलर्शका संचालक बिश्वजित जानालाई बिल बिजक बिनाको अबैध गहना सहित प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।कार्यालयका अनुसार अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएर बिल बिजक बिना सुन तथा चाँदीका गर गहना बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बिश्वजितले संचालन गरेको ज्वलर्शबाट प्रह
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.