संस्कृति

    Showing १-१० of ६१ items.
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

     आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।   छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।  &nb

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • २४८ पटक पढिएको
  • यमपञ्चकको दोश्रो दिन कोशी प्रदेश प्रहरीका तालिम प्राप्त कुकुरलाई गरियो पुजा

    कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा यमपञ्चकको दोश्रो दिन तालिम प्राप्त कुकुरको पुजा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी केन्नाईन शाखा धरान र बिराटनगर बिमान स्थलमा रहेका १० वटा प्रहरीको तालिम प्राप्त कुकुरहरुलाई प्रहरी बैण्डबाजा सहित बिधिवतरुपमा पुजा गर्नु भएको हो ।  वहाँले नेपाल प्रहरीको अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायत बिभिन्न अपराध अनुसन्धानमा  उल्लेखनिय कार्य गर्दै आईरहेका कुकुरहरुलाई  पुजा गरी माला पहिराई मिठा खाने कुराहरु खुवाउनु भएको थियो ।  पुजामा नेप

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ३५१ पटक पढिएको
  • नवरात्रको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरिँदै

    नवरात्रको चौथो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना ग

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • १,०९३ पटक पढिएको
  • नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिदै

    नवरात्रको तेस्रो आज घर– घरमा चन्द्रघण्टा देवीको पूजा गरिन्छ । देवी दु­र्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात छिन् । उनको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवीको चन्द्रघण्टाको वाहन बाघ हो । चन्द्रघण्टा नाना प्रकारको रत्न जड़ित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर रहन्छिन् । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट न

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • १,०४९ पटक पढिएको
  • नवरात्रको पहिलो दिन आराधना गरिने शैलपुत्री काे हुन् ?

    शैलपुत्रीनवरात्रको पहिलो दिन शैलपुत्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा शैलपुत्री नामले विख्यात छन् । पर्वतराज हिमालयको घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको मानिन्छ ।शैलपुत्री शब्द दुईवटा शब्दबाट बनेको छ, पहिलो शैल र दोस्रो पुत्री मिलेर शैलपुत्रीशब्द निर्माण भएको हो । हिमालय राजा शैलकी पुत्री शैलपुत्री मस्तकमा अर्ध चन्द्र, नाना आभूषण, मुकुट इत्यादि धारण गरेकी एवं अत्यन्त मनोहर स्वरूपमा सजिएकी देवीको वाहन वृष अर्थात् साँढे हो ।आफ्नो दायाँ हातमा त्रिशूल तथा बाँया हातमा पद्म धारण गरेकाे हुन्छ। नाना प्रकारका अलंकार तथा उत्तम वस्त्र

    • प्रकाशित मितिः असोज २८, २०८०
    • १,२३५ पटक पढिएको
  • आजदेखि नवरात्र प्रारम्भ, घर-घरमा जमरा राखेर घटस्थापना मनाइदै

    आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना अर्थात जमरा राख्ने गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आजको दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दे

    • प्रकाशित मितिः असोज २८, २०८०
    • १,३१५ पटक पढिएको
  • यस्तो छ तपाईंको आजको दिन, असोज १९ गते शुक्रबार

    १९ असोज २०८०, शुक्रबार । असोज कृष्ण सप्तमी ।पञ्चाङ्गः परिधि बव आर्द्रा , महालक्ष्मी व्रत समाप्ति । अष्टमी श्राद्ध मेष नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।मिथुनआज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।सिंहआज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।तुला कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व

    • प्रकाशित मितिः असोज १९, २०८०
    • ९६७ पटक पढिएको
  • हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा

    हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् । असोज १२ गते गाैहत्याकाे विराेधमा जनकपुरधाममा  भएकाे कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएर पक्राउ परेका श्रीनिवासलाई  रिहाइ गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवालाई उदृत गर्दै  अनलाइन खबरले समाचार सप्रेषण गरेकाे छ  ।मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प

    • प्रकाशित मितिः असोज १८, २०८०
    • १,०९१ पटक पढिएको
  • धर्मगुरु श्रीनिवासलाई रिहाइ नगरे आन्दोलन गर्ने, कानून विपरित पक्राउ गरेकोमा माफी माग्न धार्मिक सङ्घसंस्थाले माग

    हिन्दू धर्म गुरु आचार्य श्रीनिवासलाई ससम्मान तत्काल रिहाइ गर्न सुनसरीका धार्मिक सङ्घसंस्थाले माग गरेका छन् ।श्रीनिवासलाई प्रशासनले अपहरण शैलीमा बिना कारण, बिना पक्राउ पुर्जी पक्राउ गरी बेपत्ता बनाएको भन्दै ससम्मान तत्काल रिहाइ गरिनु पर्ने माग राखी धरानस्थित विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समिति, विजयपुर अध्यात्मिक मञ्च, हिन्दू जागरण नेपाल सुनसरी, सनातन धर्म संरक्षण तथा जागरण समिति, ॐ कार परिवारलगायतका धार्मिक संस्थाले बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा  कानून विपरित पक्राउ गरेकोमा माफी समेत माग गरिएकाे छ । श्रीनिवासलाई तत्काल रिहा नगरिए हामी जस्तोसुकै आन्

    • प्रकाशित मितिः असोज १८, २०८०
    • १,१३८ पटक पढिएको
  • विजया दशमीको उत्तम साइत सार्वजनिक

    यसपालीकाे  विजया दशमीको उत्तम साइत बिहान ११ः०२ बजे रहेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० सालको दशैंको साइत सार्वजनिक गरेकाे हाे । समितिले कात्तिक ७ गते  बिहान ११ः०२ बजेलाई  उत्तम साइत मानेकाे छ । यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११स्२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका थिए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसादग्रहण गर्न दिनभर कुन

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ४६ पटक पढिएको
  • क्रियटिभ फक्स एडभरटाइजिङ्ग प्रा.लि
  • धरान, सुनसरी
  • दर्ता नम्बर: १९१५८९/७४/७५
  • सूचना विभाग दर्ता नंः N/A
  • सम्पर्क: +977 0000 000 000, [email protected]

हाम्रो टीम