इनरवा नगरपालिकामा बस्तिभित्र आइसाेलेशन बनाइएकाे भन्दै स्थानियले बिराेध गरेका छन् । नगरपालिकाकाे ३ नम्बर वडा स्थित जनजागृती टाेलमा रहेकाे आधारभुत स्वास्थ  चाैकीलाई आइसाेलेशन बनाइएकाे भन्दै स्थानियले बिराेध गरेका हुन् ।

आज दिउसाे आइसाेलेनका लागी आवश्यक सामाग्री लिएर जाने क्रममा बस्ति नजिकै रहेकाे स्वास्थ चाैकीलाई आइसाेलेशन बनाएकाले टाेलमा काेराेनाकाे जाेखिम बढेकाे भन्दै बिराेध जनाएका छन् ।

उनिहरूले स्थानियकाे जानकारी बिना नै स्वास्थ चाैकीलाई आइसाेलेशनकाे रूपमा तैयारी गरेकाे भन्दै स्वास्थ चाैकीकाे गेटमा ताला लगाउने प्रयास गरेका थिए ।

' एक कट्ठा क्षेत्रफलका बन्दै गरेकाे स्वास्थ चाैकीकाे भवनसंगै जाेडीकाे घरहरू भएकाे र बाक्लाे बस्ति भएकाले यहाँ आइसाेलेशन संञ्चालन हुनु हुदैन  भन्ने हाम्राे माग हाे ।  ' एक स्थानियले भने ।

वडा नम्बर ३ का वडा अध्यक्ष कालुराम गुरूङले भने कसैकाे उक्साहटमा आएर स्थानियले विराेध गरेकाे बताएका छन् । उनले वडामा आइसाेलेनकाेलागी बजेट विनियाेजन भएकाे र उक्त बजेट खाएकाेले सरकारी भवनमा साइसाेलेन बनाउन खाेजेकाे भन्दै गलत प्रचार गरी स्थानियलाई उक्साएकाेले स्थानियले बिराध गरेकाे बताएका छन् । 

उनले भने ' केहिसमय ढाेकापनि लगाइदिए, आइसाेलेशन  निर्माणमा अवराेध भएकाे छ । याे कसैकाे उक्साहटमा भएकाे हाे  ।  ' 

गुरूङले स्थानियले बिराेध गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरीकाे साहयतामा आइसाेलेसनका सामान स्वास्थ चाैकीभित्र राखिएकाे बताएका छन् ।

यता नगरपालिकाका प्रमुख राजना मेहताले स्थानियलले नबुझेका कारण बिराेध गरेकाे भएपनि अहिले बुझाइसेकेकाले बिबाद नरहेकाे बताएका छन् । मेहताले भने  ' स्थानियलाय बुझेका थिएनन् ।  आइसाेलेसन बनेपछि काेराेना संक्रमित आउछन् र टाेलमा   संक्रमण फैलिन्छ भन्ने थियाे । स्वास्थ मापदण्डकाे पूर्ण पालना गरेर आइसाेलेशन संञ्चालन हुन्छ भन्ने बुझाइसेपछि बिबाद सकिएकाे छ । '

नगरपालिकाले प्रत्येक वडामा कम्तिका १५ वेडकाे आइसाेलेन संञ्चालन गर्ने कार्यपालिकाकाे बैठक अनुरूप ५ बेड अक्सिजन सहितकाे आइसाेलेन तैयारी गरीएकाे हाे । वडा अध्यक्ष गुरूङका अनुसार कार्यपालिका बैठकले नै स्थान ताेके अनुसार स्वास्थ चाैकीमा आइसाेलेशन बनाइएकाे हाे । 

वडामा हालसम्म ३३ जना काेराेना संक्रमित रहेकाेमा १ जना मात्र अस्पतालमा र बाँकी हाेम आइसाेलेनमा रहेकाे गुरूङले जनाएका छन् । 

भिडियाेस्राेत : अमर काफ्ले