क्यानेडियन हाउस अफ कमन्सको जूम सम्मेलन चलिरहेको थियो। सांसदहरूले आफ्ना सुझाव र धारणा राखिरहेका थिए । यस्तैमा एक संसद नग्न अवस्था पिसाब फेर्दै गरेको देखिए । जसकाकारण उक्त सम्मेलनमा शर्मनाक अवस्था सिर्जना भयाे ।
भिडियो सम्मेलनका क्रममा पिसाब फेर्दै गरेको देखिएका प्रधानमन्त्री जस्टिन ट्रुडोका लिबरल पार्टीका सांसद विलियम आमोस थिए। उनी नग्न अवस्थामा देखा परेकाे एक महिना भित्रमै याे दाेस्राे पटक हाे । जसका कारण यतिबेला उनकाे संसद पदबाट राजिनामाकाे माग गरिएकाे छ ।
क्यानाडाको हाउस अफ कमन्सको भिडियो सम्मेलनमा नग्न अवस्थामा देखापरेका संसद विलियम आमोसले बिहीबारको रात यसबारे आफ्नो ट्विटरमा एउटा बयान जारी गर्दै लेखेका छन् ' संसदको कारवाहीका क्रममा म पिसाब फेर्दै थिएँ।
मेरो क्यामेरा बन्द थियाे भन्ने लागेको थियो। तर पछि मैले आफ्नो गल्ती थाहाँ पाएँ। म आफ्नो कार्यबाट लज्जित छु । जे भयो, त्यसले मलाई निकै लज्जित बनाएकाे छ । यसको लागि म कुनै शर्तविना माफी माग्दैछु ।' यसअघि संसदमा
यस अघि पनि उनि नग्न अवस्थामा देखा परेका थिए । जसका कारण प्रतिपक्षी दलका संसदहरूबाट खुव आलाेचित भएका थिए ।