आफ्नी श्रीमतीकाे डरले भारतकाे आगराबाट पलायन भएका युवाको भिडियोले भारतकाे सामाजिक संञ्चालानमा सनसनी बनेको छ । भिडियोमा सडकमा कुदिरहेका व्यक्ति आगराबाट श्रमतीकाे डरले भाग्नदै गरेकाे बताएइरहेका छन् ।
भागिरहेका व्यक्ति काे र कहाँका हुन्न भन्ने तथ्य जानकारी नभएपनि भिडियाेमा व्यक्तिले आफु आगराबाट भग्दै गरेकाे बताएकाले त्यहाकाे प्रहरीले पनि उक्त व्यक्तिकाे खाेजि गरीरहेकाे बताएकाे छ ।
ट्विटर मार्फत सार्वजिक भएकाे उक्त भिडियाे अहिले फेसबुकलगायत अन्य सामाजिक संञ्चालमा पनि भाइरल भइरहकाे छ । यसरी भाइरल भएकाे उक्त भिडियाेमा भाक्दै गरेकाे व्यक्तिले जानकारी गराएकाे भाग्नुकाे कारण भने राेचक रहेकाे छ ।
५७ सेकेन्डको भिडियो एक जना दाह्री पालेका मानिस राजमार्गमा दौडिरहेको देखाइएको छ। उक्त व्यक्तिले भिडियाेमा हिन्दी भाषामा आफूलाई बचाउन अपिल गरिरहेका छन् । भिडियाेमा ' मलाई बचाउनुहाेस् । मेरी श्रीमती मेरो पछि लागेकी छे। माेराे ज्यान राताे भइसकेकाे छ । म आगराबाट बाहिर भागिरहेकाे छु । म राजमार्गमा कुदिरहेको छु मेरा साथीहरु । मेरी श्रीमती मेरो पछि लागेकी छे। हिजो घरमा बसिरहेका थियाै। तपाईं मलाई कति माया गर्नुहुन्छ भनेर मेरी पत्नीले ठट्टा गर्दै सोधिन्। मुटु चिरेर हेर तिम्राे नाम लेखेकाे छ भनेकाे थिए । त्यसपछि चक्कु लिएर पछि लागेकि छे कत्तिको माया गर्छु भनी हेर्न चाहन्छे । मलाई बचत गर्नुहोस् ।'
भिडियाेमा उक्त व्यक्तिले बताएकाे भन्नुका कारणलाई ठट्टाकाे रपमा लिएका छन् भने उक्त व्यक्तिकाे हाउभाउ हेर्दै कसैले साच्चै पिडित भएकाे हुनसक्ने भन्दै प्रतिकृया दिइरहेका छन् ।
भिडियाे भाइरल हुदै गएपछि आगराका एसपी सिटी बोटे रोहन प्रमोदलेअहिलेसम्म भिडियोमा देखिएका व्यक्तिका बारेमा कुनै जानकारी प्राप्त भएको बताएका छन् ।