छाेरा र श्रीमानकाे धर्म अलग हुँदा सिराहा जिल्लाको सिराहा नगरपालिका २ हकपाराकी ७२ बर्षीया सुमित्रा यादवकाे अन्तिम संस्कार कसरी गर्ने भन्ने विवाद भएकाे छ ।
जेठ ९ गतेदेखि विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा उपचाररत सुमित्राका बिहीबार बिहान मृत्यु भएकाे थियाे । मृत्यु पश्च्यात सुमित्राका श्रीमान सुर्यनाथ यादव (गोप) र जेठा छाेरालक्ष्मी प्रसादकाे धर्म फरक भएकाले दाहसंस्कारका लागि शव बुझ्ने समय फरक किसिमकाे दृश्य देखिएकाे थियाे ।
सुमित्राका श्रीमान हिन्दु धर्म मान्दै आएकाले श्रीमतीकाे अन्तिम संस्कार हिन्दु संस्कार अनुसार गर्ने जिकरीक गरिरहेका थिए भने, छोरो लक्ष्मीले ५ हजारमा काठको कफन किनेर अस्पतललमै ल्याइ इसाइ धर्म अनुसार अन्तष्ठी गर्ने तयारी थिए ।
उक्त विषयलाइ लिएर विवाद चर्किन थालेपछि अस्पतालमा विरामीका कुरुवाहरु समेत छक्क परेका थिए । निकैबेरको विवादपछि श्रीमतीप्रतिको अधिकार श्रीमान्लाई हुने भन्दै अस्पताल प्रशासन, स्थानीय बुद्धीजीविले ठहर गरिदिए ।
तर, छोराले आमाको अन्त्येष्टि आफुले गर्न नपाउँदा दुखेसो पोखेका छन् । उनले इसाई धर्म अनुसार भएपनि आफ्नै हक लाग्ने उनको बुझाई थियो ।