व्यक्तिगत– स्वतन्त्रता र सामाजिक– अनुशासनको नियन्त्रण सतहमा दुइटा परस्पर विराेधी विषय जस्तो देखिन्छ । तर ती दुवै विषय जीवनमा उत्तिकै महत्वका छन् ।
व्यक्ति र समाजको शान्ति र खुसीका लागि यी दुईबीच समन्वयको आवश्यकता सदैव अनुभव हुँदै आएको छ । समाजको लागी व्यक्ति हुनु अनिवार्य छ। व्यक्ति छैन भने समाज कसरी बन्छ ? अनि व्यक्तिको लागी समाजकाे अस्तित्वमा हुन अपरिहार्य छ । किनभने व्यक्तिको व्यक्तित्वको विकास र उसको व्यक्तिगत सुख र शान्ति समाजका बीचमा मात्र सम्भव छ ।
थाेप्लाे विना रेखा हुनु वा रेखा बिनाकाे थाप्लाे अस्तित्वमा रहन असम्भव छ ।
अफगानिस्तानमा तालिवानले सामाजिक अनुशासनका नाममा व्यक्तिगत स्वतन्त्रता अपहरण गरेर थाप्ला र रेखा विच संघर्ष उत्पन्न गराइ सामाजिक जनसिवन अस्तव्यस्त बनाएकाे छ । जसकाे दुष्प्रभाव अन्य देशमा पनि पर्नु स्वाभाविक छ । तसर्थ, तालेवानी फाैजकाे यस्ताे कार्यकाे औचित्य विचारणीय छ ।
लाेकतन्त्र र समाज
लोकतान्त्रिक शासन प्रणालीले व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिने सामाजिक परिपाटीकाे तयार पार्दछ । जव कुनै व्यक्ति तथा समुहले बलपूर्वक सत्तामा अधिकार जमाइ पूवनिर्धारीत मान्यता वा रूढिवाधी मान्यताका आधारमा समाज नियन्त्रण गर्दछ भने त्याे व्यक्तिगत स्वतन्त्रताकाे अपहरण गर्नु हाे । व्यक्ति हाफ्नाे स्वतन्त्रताकाे रक्षा गर्न चाहन्छन् । जसका कारण कुनैन कुनै समयका यस्ता कुण्ठित बिचार, निति र प्रविृतीका विरूद्ध संघर्ष गर्दछन् ।
अफगानिस्तानमा तालिबान र प्रजातान्त्रिक शक्तिहरूबीचको संघर्ष व्यक्ति स्वतन्त्रता, जनतन्त्र र तानशाहीकाे विचकाे संघर्षकाे रूपमा लिन सकिन्छ । जुन संघर्समा अहिलेकाे अवस्थामा कट्टररता, उन्माद र नकरात्मक साेचले बढवा पाएकाे देखिन्छ । जुन उदारता, सामुहिकता र सह अस्तित्वकाे लागी अशुभ संकेत हाे ।
शासन सत्ताकाे कुनै पनि प्रणाली सर्म्पूण अवस्थामा निर्दाेष हुदैन । यो मानव वा समान विचार भएका मानवद्वारा स्थापित हुन्छ। तथापि, मानिस पूर्ण नहुने भएकोले ऊ द्वारा सृष्टि गरिएको प्रणालीमा पनि असिद्धता देखिन्छन्। मानिसले स्थापित प्रणालीलाई परिवर्तन गर्न, थपघट र संशोधन गर्न खोज्दछ ।
यी प्रयासहरू प्रायः रचनात्मक र सकारात्मक सोचका साथ गरिएका हुन्छन् र त्यसको परिणाम प्रायजसो आशलाग्दो हुन्छ। तर जब यी परिवर्तनकारी प्रयासहरूको दिशा पूर्वाग्रह, जिद्दिपन, व्यक्तिगत वा संकीर्ण सामूहिक हितद्वारा प्रेरित हुन्छ, तब परिणाम विनाशकारी हुन्छ।
दुर्भाग्य, अफगानिस्तानमा तालिबानले हतियारको सहायताले ल्याएको वर्तमान परिवर्तन पनि यस्तै प्रयास हो। किनकि, यसको लक्ष्य मध्यकालीन जीवनलाई वर्तमान समाजमा थोपर्ने र सारा विश्व समुदायमा भएका मानवकाे आधुनिक जिवन शैली, धर्म, भाषा, भेष, समाज संरचना जस्ता बहुरंगीय छविबाट अलग गरी एक रंगमा सिमित गर्ने देखिन्छ ।
तालिबानको सोच र व्यवस्था
नदीको बहाव जस्तै मानिसको जीवन गतिशील, परिवर्तनशिल छ। समाज परिवर्तन संगै समयसमयमा प्रभावशाली विचारहरू जन्मन्छन् । ती विचारद्वारा देशको समय र परिस्थितिअनुसार सामाजिक जीवनमा परिवर्तन को आवाज निकाल्छन्। यो सामाजिक जीवनको विकासको सहज प्रक्रिया हो। तर जब कुनै समूहले देशमा वर्तमान जीवनको आवश्यकता र अपेक्षालाई बेवास्ता गर्दै धर्म, संस्कृतीकाे आधारमा समाजमाथी पुरातन विश्वासहरू लागु गर्न जाेड दिन्छ भने फेरीपनि परिवर्तीत समाज त्यसका विरूद्धमा रहन्छन् । जुन द्वदकाे निरन्तरता हाे ।
धर्मिक, साप्रदायिक,रूढिवादीलगायत विचारमा आधारित परिवर्तनले समाजकाे अर्काे पक्षलाई विभाजित गराउछ । एक पक्षलाई अधिकार सम्पन्न वनाएपनि अर्काे पक्षलाई निर्ह बनाउछ । जुन अर्काे विद्राेहकाे तयारी हुन जान्छ । यसले त्यस देशलाई मात्र नभइ पुरै विश्वमा संकट सिर्जना गर्न सक्दछ ।