मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । लामाे समयदेखी अस्वस्थ घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।
दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरेको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्यमा सुधान नअाएकाे र गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पतालले जनाएकाे छ ।
अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखी उपचार गरिएको उनकाे बुधबार साँझ ६ः५१ बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।