–बेद प्रसाद सापकोटा
उनिहरूको प्रेम विवाह हो । सबैलाई यस्तो लाग्थ्यो कि श्रीमान र श्रीमतीको यस्तो प्रेम दुनियामा काहिँ असम्भव छ ।
निमेश मध्यम वर्गीय परिवारको छोरा थियो तर सोनिया अलि सम्पन्न परिवारकि छोरी हो । निमेश पढाइमा धेरै राम्रो लगनशील र मेहनती पनि भएको कारण सोनियाले निमेशलाई मन पराएकी हुदिहो ।
निमेशले व्यवस्थापनमा डिग्री सकेको थियो । सोनिया वि.वि.ए सकाए पछि बैंकमा जागिरे भै । निमेशले डिग्री सक्यो तर जागिर गर्न मन गरेन । उसले सुनेको थियो कि ठूलो उद्योगको श्रमिक हुनु भन्दा सानू उद्योगको मालिक हुन बेस हुन्छ ।
त्यसैले उसले आफ्नो गाउँमा कृषि व्यावसाय गर्यो त्यो पनि स्थानीय जातको अकबरे खुर्सानी उत्पादन र त्यसको परिकार निर्माण गरि निर्यात गर्ने उद्देश्यले तर उसको यो स्वनिर्णय नै घरमा झगडाको बीउ बन्यो । श्रीमतीको कुरा श्रीमानले जागिर खावस भन्ने थियो ।
उ दिनभर सकसकाउदो कुर्सीमा बसेर सुकिला मुकिला मान्छे संग बसेर आउदा आफ्नो लोग्ने बारिको काम बाट धुस्रो फुस्स्रो भएर आउदा उसलाई वाक्क लागिसकेको थियो । त्यही निहुमा घरमा दिनहु झगडा पर्न थाल्यो । श्रीमती जागिरको धाक लगाउन थली।
सोनिया श्रीमान वाहक अरू संग पनि कुरा गरेर अलमलिन थाली । निमेश आफ्नो काममा तल्लिन नै हुन्थ्यो । सोनियाले निमेशलाई हेप्थी र भन्थी तिमीले गर्दा मेरो इजत गयो, मेरा माईतीको इजत गयो भनेर बाजिरहन्थी ।
अन्तत सोनियाले निमेश संग डिभोर्स को प्रस्ताव राखी निमेष केही बोल्न सकेन किनकी उस्ले सोनियालाई साचो माया गरेको थियो ।
त्यति बेला सम्म श्रीमती बैंकमै काम गर्ने एकजना संग नजिक भैसकेकी हुन्छे । निमेशले बोलेको सोनियाको लागि काउछो जस्तै हुन्थ्यो ।
सोनिया माइत मै बस्न थली । माइती बाट पनि सोनियाको कुरा जायज ठाने किनकि सोनियाको कारण मात्र निमेशलाई दिनुपरेको थियो । सोनियाको प्रेम त्यो बैंकको साथि संग झाङ्गियो ।
उनिहरू सम्बन्धको गहिराइमा पुगे । उनिहरूको बिचमा अरू केही बाकी रहेन यो बेला सोनियाले निमेशलाई भुलि सकेकी थिइ । उता निमेश श्रीमतीको त्यो व्यवहार देखेर पागल जस्तै भएको थियो ।
उसले जीवनमा धेरै प्रेम गरेर सोनिया संग विवाह गरेको हुनाले सोनिया को व्यवहार पछी आफु जिवनभर विवाह नगर्ने र कृषिको माध्यम बाट समाजसेवा गर्ने प्रण गरेर बसेको थियो ।
सोनियाले त्यो कर्मचारी साथिलाई विवाहको प्रस्ताव राखी तर त्यो साथि उसको कुरा मान्न तयार भएन उसले उल्टै अपमान गर्दै भन्यो, त्यस्तो राम्रो श्रीमानलाई धोका दिनेले मलाई त्यही गर्दिनस भन्ने के विश्वास भनेर तर्कियो ।
उ माइत बसेको पनि 3 वर्ष पुगिसकेको थियो । एका विहानै पत्रिकामा समाचार आयो ।
नेपालका उत्कृष्ट किसान निमेशलाई अन्तरास्ट्रिय अवार्ड अकबरे खुर्सानीको परिकार निर्माणको तालिम दिन जर्मन जाँदै ।
त्यसपछी फेसबुमा सोनियाले बधाइ दिदै love you बूढो भनेर लेखी तर निमेष प्रशिक्षण दिन एक वर्षको लागि जर्मन प्रस्थान गरिसकेको थियो ।