लामो समयदेखि अस्थिर बनेको नेपाली राजनीतिमा पछिल्लो समय युवाहरूको उपस्थिति बाक्लिँदै गएको छ । अस्थिरता, भ्रष्टाचार र बेथिति अल्झेको राजनीति प्रति आम जनतामा वितृष्ण मैलाइरहेको बेला राजनीतिमा युवाको आगमनले एक खाले नयाँ आशा प्रदान गरेको छ । एक पुस्ता अस्थिरतामै बित्ने अवस्थामा युवा राजनीतिमा आउनुले एकछत्र राज गरिरहेको अघिल्लो पुस्ताको बिचारमा परिवर्तन ल्याई नयाँ खाले राजनीति संस्कार स्थापित गरी समयसापेक्ष परिवर्तन ल्याउन मियो बन्ने आस गरिएको छ । तिन नै आस गरिएका मध्येका एक हुन २०६४ साल देखी २०७२ साल सम्म साबिक पाचँकन्या गाविस काँग्रेसको गाविस कमिटीको सचिव रहेका नविन ढकाल ।

पारिवारिक काँग्रेस पृष्ठभूमिका ढकाल सङ्गठनात्मक रूपमा  २०५७ सालमा काँग्रेसको भातृ सङ्गठन नेविसंगबाट र सुरु गरेका थिए । २०६४ सालमा भएको संविधान सभाको चुवानमा नेकपा माओवादीको वर्चस्व रहेका पाचँकन्याको देउरालीमा सङ्गठन विस्तार देखी नेतृत्वलाई परिचय गराउन सफल भएका ढकाल सुनसरी काँग्रेसमा विश्वासिला पात्र बनेका थिए । लगभग शून्य अवस्थामा रहेको काँग्रेसलाई सङ्गठित गराएर ५ नम्बर वडाका जनतामाझ लान सफल भएका उनको आधार सङ्गठन निमार्ण,  विस्तार र जनता प्रति देखाउने विश्वसनीयताले पाँचकन्या गाविस धरान उपमहानगरपालिकामा समाहित भएपछि पहिलो पटक नै ५ नम्बर वडामा नेपाली काँग्रेसले स्थानीय सरकार बनाउन सफल भएको थियो । 

पार्टी गुटबन्दी हुनु हुँदैन भन्ने सोच राख्ने ढकाल दुवै पक्षसँग उत्तिकै सम्बन्ध राख्ने एकताका पक्ष लिएर एक ठाउँमा उभिन भूमिका खेलिरहने गरेको पाइन्छ । 

१४ औँ महाधिवेशन अन्तरगत सुनसरी क्षेत्र नम्बर १ को सह–सचिवको उम्मेदवारी दिएका उनको विगत पार्टी कुनै गुटमा खुल्ने भन्दा पनि दुबैसँग रहेर आफ्नो मातहतको सङ्गठनलाई कसरी दुरुस्त गर्ने भन्ने रहेको देखिन्छ । संविधान जारी पछिको पहिलो स्थानीय तहको चुनावमा छोटो समयमा बिलकुलै नयाँ सङ्गठन निर्माण र विस्तार गरी ५ नम्बर वडामा आफ्नो उम्मेदवारलाई जिताउने गरी खेलेको भूमिका उनी काँग्रेस भित्र र आम जनतामा पनि आस गरिएका मध्येका एक युवा हुन । उनै ढकालसँग उनको उम्मेदवारी, काँग्रेस भित्र र सिङ्गो राजनीतिका बारेमा डाकखबरकर्मीले गरेको संवादको अंशः 

तपाईँको राजनैतिक पृष्ठभूमि बताइदिनु न ?

हामी पुस्तैनी काँग्रेस हौ । मेरो हजुरबुबा काँग्रेसमा आस्था राख्नुहुन्थ्यो, बुबाले पनि राख्नुहुन्छ म २०५७ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेविसँगको सदस्यता लिएर काँग्रेसको राजनीतिमा छु । साबिक पाँचकन्या गाविस हुँदा २०६४ सालमा क्रियासील सदस्य भएर माओवादीको आधार क्षेत्र मानिएको देउरालीमा रहेर नेतृत्व चिनाउने सङ्गठन बनाउने काममा निरन्तर लागे । त्यति बेला त्यहाँ काँग्रेसको उपस्थिति लगभग शून्यको अवस्थामा थियो । कमिटी बनाउँदै बैठक सञ्चालन गर्दै पार्टीलाई क्रियाशील बनाए । २०६४ सालको संविधान सभाको चुनावमा हामीले हाम्रो प्रतिनिधिलाई बहुमतले जिताएर पठायौ । जसको विश्वास पनि भनौ साथीहरूले मलाई २०६४ र २०६८ साल निर्विरोध गाविस कमिटीको सचिव बनाए र २०७२ सालसम्म काम गरे । दुई कार्यकाल पुरा हुँदा मैले मेरो कार्य क्षेत्रमा पार्टी कमिटीलाई विस्तार मात्र गरे गुटबन्दी हुन दिइन । सबैलाई समेटेर कुशलता पूर्वक सङ्गठन सञ्चालन गरेको हुनाले यही बिचमा मैले क्षेत्रीय कमिटीलाई पनि विश्वास दिलाउन सफल भए र मलाई विश्वराज भण्डारीको संयोजकत्वमा रहेको क्षेत्रीय सङ्गठन समितिको सदस्य दियो ।  

१४ औँ महाधिवेशनमा धनबहादुर कटुवालको  संयोजकत्वमा रहेको प्रदेश सभा एक क को समितिको सदस्य बने तर मैले सदस्य भइरहँदा पनि सचिवको अनुपस्थितिमा सम्पूर्ण रूपमा सचिवको भूमिकामा काम गरे र अहिले पार्टीमा मैले गरेको काम र साथीहरूको विश्वासको आधारमा मैले सुनसरी क्षेत्र नम्बर १ को सह–सचिवको उम्मेदवारी दिएको छु ।

धरान उपमहानगरपालिकाको ५ नम्बर वडा नयाँ सङ्गठन तयार गरेर पनि आफ्नो उम्मेदवारलाई वडाध्यक्षमा जिताउन सफल भयौ भनिरहँदा त्यो भन्दा अघि कमिटी नै थिएन त्यहाँ ?

कमिटी थियो निकै कम मात्र हुनुहुन्थ्यो त्यो पनि धरै निष्क्रिय हुनुन्थ्यो । माओवादीको आधार क्षेत्र भएकोले पनि त्यो समय सक्रिय अगाडी आउन पनि निकै चुनौती थियो देउरालीमा । म देउरालीमा गइसके पछि त्यहाँ सङ्गठन बिस्तार गर्ने कार्यताका बढाउने काम गरे । त्यही सङ्गठन विस्तारको कारण हामीले  माओवादीको आधार क्षेत्र हैन रहेछ भन्ने भन्ने प्रमाणित गर्न सफल भयौँ । 

कम्युनिस्टको गठ रहेको धरान अनि माओवादीको आधार क्षेत्र मानिएको साबिकको पाचँकन्या गाविसको ५ नम्बर वडा हाल धरान उपमहानगरपालिकाको पनि ५ नम्बर वडामा हामीले हाम्रै दमले हाम्रो प्रतिनिधि जितायौँ ।  ५ नम्बर वडामा काँग्रेसको प्यान जिताउन सफल हुनु त्यहाँ मैले सङ्गठन विस्तारमा खेलेको भूमिका कै वदैलत हो । यस हिसाबले त्यहाँ मेरो भूमिका ठुलो थियो । त्यही नैतिकता, साङ्गठनिक कुशलता,  विश्वास लेनै पार्टीले आज मलाई विश्वास गरेको छ । 

राजनीतिमा पछिल्लो समय युवाहरूको उपस्थिति बढ्दो छ, यसलाई पार्टीको उदारता भन्ने कि अघिल्लो पुस्ताको निष्क्रियता भन्ने ?

 पुरानो पुस्ताले युवालाई दिएको अवसर र पार्टीको रूपान्तरण हो । हामीले यहाँ मात्तिने र पुरानो पुस्ता प्रति नकारात्मक सोच राख्ने गर्नु हुँदैन । हामीले पुरानो पुस्तालाई कहिल्यै बिर्सेका छैनौ । वहाहरुसँग अनुभव छ । हामीलाई वहाहरुको त्यो अनुभव निरन्तर आवस्यक पर्दछ । पुरानो पुस्ता सम्पूर्ण रूपमा विस्थापित भएको भन्ने होइन । वहाँहरू विभिन्न पद मा हुनुहुन्छ । हामीलाई साथ र सहयोग निरन्तर गरिरहनु भएको छ । नयाँ विचार र जोसलाई स्थान दिइएको हो । नयाँ विचार र युवाको सक्रियता विना पार्टी रूपान्तरण सम्भव छैन । पार्टीलाई चलायमान बनाउन पनि युवा अग्रपंतिमा आएका हुन् । युवालाई अग्रपंतीमा ल्याउनु पर्छ भन्ने अग्रज नेताहरूको धारणा अनुरुपनै युवाले स्थान पाएका हुन् । 

आम जनमानसमा राजनीति प्रति बढ्दो वितृष्ण छ, के अब यो वितृष्णालाई सम्मान योग्य बनाउलान् युवाले ?

रूपान्तर एकै झड्कामा आउने भन्ने हुँदैन, समाजको माग समय अनुसार फरक हुने बढ्दै जाने हुन्छ । लामो समयदेखी एउटै विचारको निरन्तरता जस्तै थियो । तर समय र प्रविधि संगै समाज परिवर्तन भइरहेको थियो र आज पनि परिवर्तनकै क्रममा छ ।  नेपाली काँग्रेसले प्रायः सबै जिम्मेवारीमा युवालाई अगाडी बढाएको छ । यसरी युवालाई विश्वास गर्नु भनेको नयाँ विचारलाई स्वागत गर्नु हो । यसको अर्थ के हो भने, समाज परिवर्तन भएकाले अव नयाँ विचार चाहिन्छ भन्ने काँग्रेसले बुझ्यो जनताको वितृष्ण एउटै विचारधाराको निरन्तरता हो । काँग्रेसले त्यसमा परिवर्तन ल्याएको छ । उदाहण भन्दा पछिल्लो समय धरानमै काँग्रेसको स्थानीय सरकार छ । बडा मा नगरमा जा काँग्रेस छ त्यहाँ राम्रा काम भएका छन् र जनताले त्यसलाई सम्मान पनि गरेका छन् ।

राजनीति भित्र केन्द्रीय तह देखी स्थानीय तह सम्म एउटै पुस्ताको लामो निरन्तरले सम्मान पूर्ण संस्कारलाई बिथेलेर वितृष्ण पैदा भएको हो । अब युवाको रूपान्तरित विचारले ल्याएको रूपान्तरणमा राजनीति जनतामा र आम नेता कार्यताकमा सम्मान योग्य नै हुन्छ ।

राजनीतिमा वितृष्णा हटाउन तपाइको भूमिका के रहन्छ ?

मेरो राजनीति अग्रजलाई सम्मान गर्दै नयाँ सोच र इमानदारितामा अगाडी बढेको छ । त्यसैले म सबैको विश्वास र भरोसाको लायक बनेको छु । हामी सबैलाई थाहा भएको कुरा हो पार्टीमा गुटबन्दी थियो । एकले अर्कालाई निषेध गर्ने सम्मका कुराहरु हुन्थ्यो तर, मेरो मातहतको सङ्गठनमा मैले कहिल्यै त्यस्तो हुन दिइन । एक भएरै जानुपर्छ भन्ने मान्यता थियो, छ र रहने छ । जब हामी पार्टी भित्र गुटबन्दी गर्छौ तब हामी एक अर्काको सम्मान गर्न सकिरहेका हुदैनौ । हामी जो परिवर्तन ल्याउन भनेर राजनीति गरिरहेका छौ । हामी भित्रै अपमान हुन्छ भने जनतामा हामी सम्मानित हुने नैतिकता गुमाउँछौ यही कारण हो राजनीति प्रतिको वितृष्णा हुने । गुटबन्दी व्यक्तिमा हुनु हुँदैन बिचार हुन सक्ला फरक बिचार आउन सक्छ तर यो व्यक्ती भनेर किटान गरेर हुने गुटबन्दी हुनु हुँदैन ।  हिजो पनि म गुटबन्दीको पक्षमा थिइन, आज पनि छैन र भोली पनि हुँदिन ।  मोरो भूमिका व्यक्तिवादी गुटबन्दीको अन्त्यको लागी हुने छ । 

तपाईँको जितको सुनिश्चितता के हो ?

काँग्रेस पाटी भित्र मात्र नभई आम जनताले बुझेको कुरा हो, यहाँ प्रजातान्त्रिक र संस्थापक गरी दुइ बटा खेमा छ । अव यो दुई बटा खोमामा विभाजन भएर पार्टी अगाडी बढेन भनेर अर्को पार्टी एकताको खेमा तयार भएको थियो तर यो पनि अर्कै खेमा भएको थियो । सम्पूर्ण रूपमा प्रजातान्त्रिक खेमा र संस्थापना पक्षका अव एकताको पक्षमा उभिनु पर्छ भनेर हामीसँग हुनहुन्छ । धरानमा प्रजातान्त्रिक पक्षमा खुलेका किशोर राई पूर्ण सुबेदीलाई अगाडी सारिनु पर्छ भनेर आवाज उठाउने र पूर्ण सुवेदी समेत हामीसँग हुनुहुन्छ ।  

पार्टीको दिग्गज व्यक्तिहरूबाट क्षेत्रीय सभापतिमा तिलक राईलाई अगाडी बढाएका छन् । वहाँहरु आफै आउन सक्ने हुँदाहुँदै पनि धरानमा कम्युनिस्ट गढलाई तोडेर जनताले विश्वास गरेको हुनाले पाटी भित्र किन विश्वास नगर्ने भनेर वहाँलाई अगाडी सारिएको हो । प्रजातान्त्रिकको सबै र संस्थापनाको आधा हामीसँग रहेर एकताको पक्षमा उभिनु भएको छ यसको मतलव हामीसँग दुई तिहाइको समर्थन रहेको छ । 

मेरो कुरा गर्ने हो भने पार्टी प्रतिको मेरो इमानदारिता मात्र हैन विगतमा विश्वास योग्य काम गरेको छु । पार्टीका अग्रज र साथीहरूलाई के थाहा छ भने मैले अवसर पाए अझ बढी विश्वास योग्य काम गरेर देखाउन सक्छु ।   

केही साथीहरूले सल्लाह नै नगरी उम्मेदवारको घोषण गर्दै हुनुहुन्छ । हामीले जनताले विश्वास गरेका लाई पार्टी भित्र विश्वास गर्ने वातावरण बुनाउनु पर्छ विश्वास गर्नु पर्छ भन्ने हो । कार्यकर्ताहरुले कसको कस्तो सक्रियता छ भन्ने हेर्लान्  ।