पथरीशनिश्चरे  । निक्कै अघिदेखि प्रतिक्षारत नाटक ‘अनि देउराली रुन्छ’को पहिलो प्रिमियर शो आज शनिबार प्रदर्शन भएको छ ।

मानबहादुर मुखिया द्वारा लिखित ‘अनि देउराली रुन्छ’पथरीको शब्द कला समूह र शब्द थिएटरको संयुक्त प्रस्तुतिमा उक्त सो 'गरिएको हो ।

झण्डै ३० को दशकमा रचिएको यो नाटक ‘अनि देउराली रुन्छ’ धेरै वसन्त पार गरी पुनः आमदर्शक माझ आइपुगेको हो। पथरीशनिश्चरे–२ को हरियाली सामुदायिक वनको हलमा प्रर्दशन गरिएको उक्त " प्रिमियर शो' मा पथरीशनिश्चरेका मेयर दिलिप कुमार राई, वडाध्यक्षहरु कपिलमणि ढकाल, डम्बर चेम्जोङ, एमालेका युवा नेता उमानाथ अधिकारी, वाल्मीकि माविका प्रिन्सिपल नोवलकिशोर खनाल, एभरेष्टका रविन कन्दङ्वा, रेडस्टारका टि.एन. तिम्सिना, झापा, मोरङ सुनसरीका कलाकारहरु र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रियिमर शो मा नाटकका निर्देशक जीवन बरालले उपस्थिति सबैलाई स्वागत गर्दै मन परे ताली नत्र सभ्य भाषामा सुझाव र गालीको आशा राखेका बताएका थिए । प्रिमियर शो मा उपस्थित सबैले नाटकलाई औधी रुचाइएको पाइयो ।

प्रिमियर शो प्रदर्शन पछि नगर प्रमुख दिलिप कुमार राईले पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिनु हुँदै आफुलाई मन परेको प्रतिकृया दिनु भएको थियो। पथरीशनिश्चरे नगर क्षेत्रमा राम्रा कलाकार उत्पादन भएको खुसी प्रकट गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग हुने वचनबद्धता प्रकट गर्नुभएको थियो ।

हलमा नाटकको भावविह्ल शब्द र दृश्यले दर्शकहरुको आँखा रसाइरहेका थिए भने बीच बीचमा नाटकका पात्र सन्तेको कमेडीले दर्शकहरु दिल खोलेर हाँसिरहेका थिए ।

कलाकारहरू क्रमशः सुमन कुँइकेल, सुदीपजंग कार्की, अशोक साम्पाङ राई, मेनुका कुलुङ राई, अनुषा कटुवाल, सदीक्षा अधिकारी, मनोज तिम्सिना, मनिक शंकर, सन्तोष राई (छत्र), विजय नेपाल, सन्तोष तामाङ, प्रेम खतिवडा, सन्जय गिरी, ईस्वर दुलाल, जंगबहादुर मगर, विमला पोखरेल र काव्य बराल लगायतले प्रस्तुत गरिएको नाटकमा जीवन्त अभिनय रहेको थियो ।

सो नाटक भोलि मंसिर ५ गतेदेखि ११ गतेसम्म विहान ११ः३० र बेलुका ४ बजे गरी दुई शो हुने नाटक निर्माण टोलीका पर्शुराम न्यौपानेले जानकारी दिएका छन् ।