गाँजा लिन गएका एक युवालाई डिलरले गाँजाको साटो कागजमा पोको पारेर हरियो तरकारी दिएपछि युवकले डिलर विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । 

इन्डाेनेशियाकाे  दक्षिण सुमात्रा स्थित पालेमबैग पुलिस स्टेसनमा  एक युवाले  उजुरी गर्दै गरेको भिडियो यति वेला भाइरल भइरहेको छ । 

इन्डाेनेशियाली भाषामा रहेको उक्त भिडियोमा एक युवा पुलिसलाई कागजमा  पोको पारेको हरियो साग देखाइरहेका छन् भने, प्रहरी उनको कुरा सुनेर हासिरहेकाे सुन्न सकिन्छ ।

पाेट्रेपालेमबैग नामक इन्टा आइडीबाट सेर भएको उक्त भिडियोमा दावा गरिएको छ की  गाँजा  किन्न गएका ती युवालाई डिलरले गाँजाको सट्टामा कागजमा पोको पारेर सेलेरी नामक एक प्रकारको हरियो सब्जी दिएपछि उनी प्रहरीमा उजुरी गर्न गएका हुन् । 

गाँजा प्रतिबन्धित रहेको इन्डाेनेशियामा गाँजा डिलरले झुक्याएकाे भन्दै उजुरी दिन पुगेका ती युवक  (खरिद कर्ता) पनि पक्राउ  गर्न सक्ने कानुनी प्रावधान रहे पनि युवाको गुनासो सुनेपछि  हासेका प्रहरीले उनलाई भने गिरफ्तार नगरेको जनाइएको छ । 

गाँजा सम्बन्धी हस्यैली ठट्यौलीमा २०२० मा भारतमा भएको एक घटन पनि उस्तै रोचक छ । भारतको कन्नाैज  जिल्ला सदर कोतवाल क्षेत्रकाे मियागंज गाउँमा ठट्यौली ली गर्दै एक तरकारी व्यापारीले गाँजालाई मेथीको साग भनेर बेचेका थिए । खरिद कर्ताले मेथीको साग मान्दै बजारबाट किनेर ल्याएको उक्त गाँजा खाएपछि पुरै परिवार बेहोस भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।