एक कार्यलयका कर्माचारी अाफ्ना सहकर्मीहरू प्रतिकाे व्यावहार प्रति दिक्दार हुँदै, उक्त कार्यलयबाट  सरूवा हुन चाहन्थे । त्यही कुरा राकख्नकालागी प्रशासन शाखामा पुगेर सरूवा हुन विन्ति विसाउन थाले । 

 कर्मचारीले विन्ती गरेः मलाई यो कार्यालयमा काम गर्न मनै लागेन ।

शाखा प्रमुखले सोधेः तर, किन ? खास कारण के हो ?

कर्मचारीले भनेः यहाँका धेरै कर्मचारीले अरू कर्मचारीका बारेमा कुरा काटेको पाएँ । केहीले त आँफ्नै साथीलाई गलत नजरले हेर्दा रहेछन् । यहाँ धेरै गलत कुराहरू भै रहेका छन् ।

शाखा प्रमुखले जवाफ दिएः तपाई यो कार्यालय छोड्न चाहनुहुन्छ भने ठीकै छ । तर, तपाई जानु अगाडी कृपया एक काम गर्नुस् । पानीले भरिएको एउटा गिलास हातमा समातेर कार्यकक्षहरूमा ३ पटक घुमेर आउनुस्, एकथोपा पनि पानी नपाेखाई ।

उक्त कर्मचारी सोही अनुसार ३ पटक घुमेर आए । अनि शाखा प्रमुखलाई भनेः यहाँले भने अनुसार मैले गरेँ हजुर ।

त्यसपछि शाखा प्रमुखले भनेः तपाई ३ पटक कार्यालय घुम्दा कुनै कोठामा कर्मचारीले कुरा गरेर बसेको, कुरा काटेको वा अवाञ्छित गतिविधि गरेको केही मेसो पाउनु भयो ?

कर्मचारीः त्यतातिर त मैले ध्यान नै दिइन हजुर ।

शाखा प्रमुखः किन त्यस्तो भयो, थाहाँ छ ?

कर्मचारीः छैन ।

शाखा प्रमुखः सुन्नुस् । पानीले भरिएको गिलास लिएर घुम्दा तपाईको पुरा ध्यान गिलासमा थियो । त्यसबबाट पानी पटक्कै नपोखियोस् भन्नेमा मात्र थियो । हो, जीवन पनि त्यस्तै हो । जब हाम्रो पुरा ध्यान हाम्रा प्राथमिकतामा रहन्छ, हामीलाई अरूले के गलत काम गरिरहेका छन् भनि हेर्ने फुर्सद नै हुँदैन ।

सारः आफ्ना प्राथमिकतामा ध्यान दिउँ, अरूका गल्तिमा हैन ।

सामाजिक सञ्जालबाट साभार