प्राइम भिजन इन्टरनेशनल हस्पीटालीटी म्यानेजमेन्ट कलेज एडभान्स डिप्लोमा इन हस्पीटालीटी कलेजका लागी धरानको एक मात्र कलेजको रूपमा स्थापना भएको कलेज हो । धरानमा रहेका अन्य होटल म्यानेजमेन्टका कलेजहरू भन्दा फरक तरिकाले अध्यापन गराउँदै आएको यस कलेजले आफूलाई स्मार्ट कलेजको रूपमा दाबी गर्ने गर्छ । 
एसईई दिएर बसेका विद्यार्थीहरूका लागी (एडीएचएम)सँगै  प्लस टुमा म्यानेजमेन्ट सङ्काय निःशुल्क अध्यापन गराउँदै आएका छौँ । यसरी एकै एकै शैक्षिक सत्रमा दुई वटा सङ्काय अध्यापन गराउने गरेको यस कलेजले धरानमा पहिलो पटक डुएल सर्टिफिकेशनको अवधारण लएको छ । यसै सेराेफरेमा रहेर कलेजमा निर्देशन अनिल श्रेष्ठसँग गरिएको कुराकानी:



केके अध्यापन गराउनु हुन्छ ?
हाम्रो कलेजे हस्पीटालीटी म्यानेजमेन्ट कलेज भएर पनि हामीले व्यवस्थापन सङ्कायका पनि पठाइरहेका छन् । 
यस कलेजबाट हामीले विद्यार्थीहरूलाई एउटै छातामुनि रहेर एकै पटक २ वटा सर्टिफिकेट दिने गरी होटल म्यानेजमेन्ट र विजनेस म्यानेजमेन्टको अध्यापन अध्यापन पनि गराई रहेका छौँ । जसले गर्दा विद्यार्थीहरूको समय र पुजीकाे बचत हुनुका साथै भेकेशनल र एकेडेमीक एजुकेसन दुवै प्राप्त गर्ने गर्दछन् । 

एडीएचएम भनेको कस्तो कोर्स हो ? तपाइको कलेजमा के सुविधा छ ?
एडीएचएम भनेको अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापन गरी अन्तर्राष्ट्रिय स्तरमै मान्यता प्राप्त हस्पीटालीटी इन्डस्ट्रीको एउटा कोर्स हो । हामीले पठाउने यो कोर्समा स्कटल्यान्डको स्कटीस्ट क्वालिफिकेशनको अथोरीटीबाट मान्यता प्राप्त भएकोले संसारका १५ वटा विश्वविद्यालयहरूमा डाइरेक्ट क्रेडिट ट्रान्सफर सहित अध्यापन गर्ने सुविधा रहेको छ । 

किन डुएल कोर्स ?
विद्यार्थीहरूले ११, १२ मा कुनै एक सङ्कायमा मात्र अध्यापन गर्दा धेरै समयको खाली गइरहेका हुन्छ । जस्तो बिहानको कक्षा लिँदा १० बजे देखीको समय खेर गइरहेको हुन्छ । हामीले त्यो समयको व्यवस्थापन गरेका हौँ ।
डवल कोर्स गर्दाको राम्रो पक्ष चाही के हो भने नि उ व्यवसाय गर्छु भन्न चाहे व्यवसाय गर्न सक्ने भयो । त्यो सिपको विकास भयो, हैन म जागिर खान्छु भन्न चाहे उसको लागी त्यो क्वालीफिकेशन पनि हुने भयो । नेपालमा शैक्षिक बेरोजगारको अहिलेको समस्या यो कोर्सले एड्रेस गर्छ भन्ने हाम्रो बुझाई छ । किनभने अहिले धरै पढेकाहरु बेरोजगार छन् । त्यो किन त भन्दा देशमा रोजगार सृजना हुन सकेको छैन उनीहरूमा व्यावसायिक सिप छैन । हामीले सिपमूलक शिक्षा र औपचारिक शिक्षा दुबैलाई समाहित गरेका छौँ । 

महँगो पर्ने हो की ?
खर्चको कुरा गर्दा हस्पीटालीटीका जुनसुकै कोर्सहरू प्राक्टीकल बेसमा बढी हुने भएकाले महँगो हुन्छ कि भन्ने सोचाई आउनु स्वाभाविक नै हो । तर हाम्रोमा महँगो छौँ । सामान्य आर्थिक हैसियत भएको विद्यार्थीले पनि यो अफाेर्ड गर्न सक्छन् । हामीले एडीएचएम पढ्ने विद्यार्थीहरूका लागी कर्म निःशुल्क अध्यापन गराउँछौँ । 
विद्यार्थीहरूका लागी किचन किट, बुक, ब्याग, लगायतका शैक्षिक सामग्रीहरू निःशुल्क  उपलब्ध गराउने छौँ । विदेशमा गएर पढ्दा पर सेमेस्टर ६ देखी ८ लाख खर्च लाग्नेमा हामीले आधा भन्दा कममा अध्यापन गराएका छौँ । 

स्मार्ट कलेज भनेको के हो ?
स्मार्ट कलेजका रूपमा रहनका लागि जस्तो खाले पूर्वाधारको आवश्यकता पर्छ ती सम्पूर्णको हामीले व्यवस्था गरेका छौँ भन्ने हाम्रो भनाई हो । हामीले धरानमा पहिलो चोटी नै भन्नु पर्छ होटल म्यानेजमेन्टमा मात्र हैन कमर्समा पनि प्रिजेन्टेसनको माध्यमबाट अध्यापन अध्यापन गराएका छौँ । हामी इमेल इन्टरनेटका माध्यमबाट पठनपाठन गराउँछौँ । कम्प्युटर, ट्याब्लेट जस्ता प्रविधिको प्रयोग गरेका छौँ । स्मार्ट एजुकेसनका सिस्टमहरूको पूर्ण रूपमा पालना गर्दै मल्टिमिडियाको भरपुर प्रयोग गरेर विद्यार्थीलाई प्रविधिसँग साक्षात्कार गराएका छौँ । कालो पाटीमै पठाइ भइहेको अवस्था हामी वाइट बोर्डलाई पनि पर राखेर प्रोजेक्टरको प्रयोग गरिरहेका छौँ । यस हिसावले पनि म हाम्रो कलेजलाई स्मार्ट कलेजको रूपमा परिभाषित गर्छ ।

इन्टरनेशनल कलेज भनेर भनिरहँदा यसलाई कसरी परिभाषित गर्नुहुन्छ ?

हामीले अन्तर्राष्ट्रिय शिक्षण पद्धतिको अभ्यासमा रहेर सेवा सुविधाहरु जस्तै, शैक्षिक लोन, हेल्थ इन्सुरेन्स, इन्टर्नसिप प्लेसमेन्ट लगायत अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीहरूले पाउनुपर्ने  सेवा सुविधाहरु हामीले उनीहरूको घरदैलो गाउँ ठाउँमा पुर्याउने काम गरेका छौँ । यही कारण प्राइम भिजनले इन्टरनेशनल हस्पीटालीटी म्यानेजमेन्ट कलेज पनि भन्ने गर्छ र एक मात्र स्मार्ट कलेजको दाबी गर्छ ।