नेपालमा चिया उद्योग भनेपछि झट्ट हामी इलाम र झापालाई सम्झन्छौँ तर पछिल्लो समय पूर्वी पहाडी जिल्लाहरूमा चिया बगान र उद्योगहरूको बिस्तारको क्रम बढ्दो रहेको छ । तिनै मध्ये एक हो गरस चिया उद्योग ।
भोजपुर ट्याम्के मयुङ्ग गाउँपालिकामा अवस्थित गरस चिया उद्योग जिल्लाकै पहिलो र एक मात्र चिया उद्योग रहेको उद्योगी शरमान गिरी बताउँछन् । झापामा लामो बसेर गिरी गृह जिल्ला फर्केका गिरी आफ्नै माटोमा केही गरै भन्ने इच्छा शक्तिका साथ भोजपुर हानिए ।
अन्नबाली समेत राम्रो हुने उनको जमिन देखी बैरागीएका उनले झापामा रहँदा चिया बगानमा काम गर्ने साथीहरूसँग चिनजान बढाएका थिए । त्यही चिनजानका आधारमा गिरीले तिनै साथीहरूले दिएको सुझावका आधारमा चिया खेती गर्ने निधो गरे । गाडी समेत नपुग्ने ठाउँमा खच्चडमा बिरुवा बोकाएर बगान सुरु गरेका उनले चिया प्रशोधनका लागी गरस चिया उद्योग नाम दिएर एक उद्योग सुरु गरे ।
ट्याम्के मयुङ्ग गाउँपालिका ३ मा रहेकाे उनकाे बिस राेपनी जमिनबाट सुरू गरकाे भएकाे बगान अहिले १५० राेपनीमा फैलिएकाे गिरीका छाेरा रन्जित बताउछन् । उनि भन्छन् ' ५० /५० राेपनीका अरू पनि २ वटा बगान छ त्यसमा चाही भाडा ठेक्का जस्ताे सहमति गरीएकाे छ । '
रन्जित थप्छन् " आज भोजपुर जिल्लामा चिया खेतीको बिस्तार तीव्र गतिमा हुँदै छ मानिसहरू सयौँ , हजारौँ रोपनी क्षेत्रफलमा चिया खेती गरिरहेका छन् । अब भोजपुर जिल्लामा पनि चिया खेतीले हुने जिल्लाको रूपमा पहिचान बनाउने बाटोमा छ । "
भोजपुरमा यसरी चियाको नयाँ इतिहास सुरु गरेका उनी भन्छन् "अहिले हामीले बगान लगाउन चाहनेलाई बिरुवा उपलब्ध गराइ रहेका छौ । बिरुवा मात्र हैन बगानबाट उत्पादित चियाको पतालाई खरिद गरेर हामीले प्रशोधन गरी बिक्री समेत गरिदिएका छौँ । "
नेपालकाे बजारमा उद्याेग अाफैले विक्री गरिरहेकाे बताउने रन्जित बुबाले संञ्चालन गरेकाे उद्याेगकाे बजार व्यावस्थापनकाे जिम्मा लिएका छन् । भोजपुर र चिया बिचमा कुनै सम्बन्ध नहुँदा सुरु गरेको चियाको यात्रा आज नेपाली तथा बेदेशी बजारमा पनि उद्योगबाट उत्पादित चिया जाने गरेको उनी बताउँछन् ।
उनि भन्छन् ' बजार राम्रै छ । बिदेशमा पनि जानेगरेको छ, तर त्यहाँका स्टोरहरूमा उद्योगले आफै बिक्री गर्ने गरेकाे छैन । यताबाट जानेहरूले १० केजी २० केजी गरेर लाने गरेका छन् '
उनले उद्याेगले ठ्याकै यति नै काराेबार गर्नेगरेकाे भन्ने नभएपनि हप्तामा ५ सय केजी काचाे पत्ती पेल्ने गरेकाे बताए । उनले स्थानिय किसानले दुइ पात र एक सुइराे भएकाे काचाे पात ल्याए ८० देखी ९० रूपैया किलाे खरिद गर्ने गरेकाे बताए
तर दुर्गम क्षेत्रबाट नजिकै बजार नहुँदा पहिचान बनाउदै प्रतिस्पर्धा गर्नुपर्दा अझै पनि विभिन्न सास्ती खेपिरहनु परेको उनको गुनासो छ । जिल्लामै चिया खेतीको सफल अभ्यास भइरहँदा स्थानीय सरकार भने त्यस प्रति मैन बसिदिँदा बजारीकरण र प्रवर्धनमा समस्या देखिएको उनको भनाइ छ । (ब्लाष्टखबरबाट)