धरान १२ स्थित सुनाखरी एकेडेमीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका खुसीयालीमा परीक्षामा सहभागी विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
एकेडेमीबाट परीक्षामा सहभागी २४ जना विद्यार्थी शतप्रतिशत उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण गरेको प्रिन्सिपल मिलनकुमार राईले बताए । उनले परीक्षामा सहभागी विद्यार्थीहरू मध्ये २ जना ए प्लस, ८ जना ए, १४ जना बि प्लस ल्याएर उत्तीर्ण गरेका हुन् ।
स्कुल परिसरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीका अध्यक्ष प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर टपकुमार राई, अध्यापक आनन सुब्बालगायतले उत्तीर्ण विद्यार्थीलाई खँदा र अविरले सम्मान गरेका थिए ।
कार्यक्रम प्रिन्सिपल राईले शिक्षकहरूको अथक मेहनत, विद्यार्थीको लगशीलता , अभिभावकले हौसला र सहयोग उत्कृष्ट नतिजा आएको बताउँदै सबैलाई धन्यवाद दिएका थिए ।
राईले सुनाखरीले कक्षा–१२ मा पनि उत्कृष्ट नतिजा ल्याउने तयारी थालिसकेको बताए । उनले कक्षा–११ मा म्यानेजमेण्ट सङ्काय सञ्चालन भएको बताउँदै गुणस्तरीय शिक्षाका लागि आउन विद्यार्थीलाई आग्रह गरे । ‘खासमा हामीले अहिलेसम्म दिएको भनेको गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप नै हो, त्यसैलाई निरन्तरता दिँदै जानेछौँ, यसका लागि पनि विद्यार्थीले सुनाखरी नै रोज्नुपर्छ ।’
कक्षा ११, १२ मा कम्प्युटर साइन्स, हाेटल म्यानेजमेन्ट र कमर्सकाे अध्यान अध्यपान गराउदै अाएकाे एकेडेमीमा नया भर्नाका लागी साउन २० गते ११ बजे प्रवेश परिक्षा लिने भएकाे छ । जसकालागी फारम भर्ने कार्य भइरहेकाे बताएका राईले प्रवेश परिक्षाकाे दिनसम्म निरन्तर रहने बताए ।