अल्फाबिटा अन्तर कलेज छात्रछात्रा बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । 

सोही प्रतियोगितासँगै पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश पौडेलको प्रायोजनमा ुथ्री(पोइन्टु स्पर्धासमेत हुने जानकारी गराइएको छ । 

छात्रतर्फ १२ टिम र छात्रातर्फ ८ टिम सहभागी हुने प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटालगायतका जिल्लाबाट प्रतिनिधित्व हुने प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । 

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै धरान बास्केटबल एसोसिएसनले प्रतियोगिताले बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग पुर्याउने जानकारी दिएको छ । 

प्रतियोगिताका छात्रतर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

प्रतियोगिताका उत्कृष्ट खेलाडी, हाइस्कोरर र उदयीमान खेलाडीले दुबै विधातर्फ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको थ्री(पोइन्ट स्पर्धातर्फ दुबै विधाका विजेताले नगद ३ हजार जनही प्राप्त गर्नेछन् । 

धरानस्थित शैक्षिक परामर्श केन्द्रका रुपमा स्थापित अल्फाबिटाले प्रदेश स्तरीय यो प्रतियोगिताको प्रायोजन गरेको छ भने महिलातर्फको रनर अपको प्रायोजन पूर्व खेलाडी महेश श्रेष्ठले नगद १० हजार प्रदान गरेका छन् भने थ्री(पोइन्टको प्रायोजन पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश पौडेलले गर्व्का छन् ।