१० विकेटले पराजित बनेपछि नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमबार राति श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भएको समूह चरणको दोस्रो खेलमा भारतले १७ बल बाँकी हुँदै नेपालले दिएको लक्ष्य भेट्टाएको थियो ।
नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो वर्षाका कारण ५० ओभरको खेल २३ ओभरमा झारिएसँगै भारतले १४५ रनको नयाँ टार्गेट पाएको थियो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो ।
यस अघिको खेलमा नेपाल पाकिस्तानसँग पनि पराजित भएको थियो । दुवै खेलमा पराजित भए पनि बलिया टिमसँग खेलेको उक्त खेलमा नेपालका खेलाडीहरूले दिएको चुनौतीले नेपाली टोलीले राम्रो खेल प्रदर्शन गरेको क्रिकेट प्रेमी तथा जानकारहरूले बताएका छन् ।