इन्डो-नेपाल च्याम्पियनसिप-२०२३ का विजेता विद्यार्थीहरूलाई धरान-१२ स्थित सुनाखरी एकेडेमीले सम्मान गरेको छ ।
 झापाको काँकडभिट्टा गत भाद्र १६ र १७ गते सम्पन्न  ९ औँ इण्डो–नेपाल कराते च्याम्पियनसिप–२०२३ प्रतियाेगीतामा करातेमा विद्यार्थीले मेडल साथै प्रमाणपत्र हात पार्न सफल भएपछि बिद्यालयले सम्मान गरेकाे हाे । 



विद्यालयकाे प्रङ्गणमा सम्पूर्ण विद्यार्थिकाे उपस्थितका एक कार्यक्रमको आयोजना गरी विजेता विद्यार्थीलाइ सम्मान गरेकाे  हो।

इण्डो–नेपाल कराते च्याम्पियनसिप–२०२३ कराते विधामा विद्यालयका कक्षा–१२ मा अध्यानरत छात्र उज्ज्वल राईले १ स्वर्ण १ रजत पदक, कक्षा–१० की वर्षा राईले १ स्वर्ण पदक, कक्षा–५ का स्तुम राईले १ स्वर्ण पदक, कक्षा–४ का सुमित दर्जीले १ स्वर्ण पदक, कक्षा–७ की मेडिया लिम्बूले १ कास्य पदक हात पार्न सफल भएको स्कुलका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिएका छन्
उनिहरूलाई एकेडेमीका प्रिन्सिपल राई, डाइरेक्टर प्रदीप राई, प्लस टु कोअर्डिनेटर टपकुमार राईलगायत अध्यापकहरूले अबिर, खदाले सम्मान गरेका थिए ।

विद्यालयका अधिकांश विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्देश्यले विद्यार्थीले जितेपछि सम्मानको कार्यक्रम राखिएको प्रिन्सिपल राईले जानकारी दिएका छन् ।