धरानका मेयर हर्क साम्पाङकाे लागू औषध सचेतना कार्यक्रममा साम्पाङलाई प्रश्न सोध्ने एक युवा पक्राउ परेका छन्।
शुक्रबार धरान १५ मा लागू औषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगीले मान्छे मरिरहेको अवस्थामा तपाईँ बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि स्थानिय ३० वर्षीय अशोक लिम्बू पक्राउ परेका हुन्।
लिम्बूले साम्पाङले कार्यक्रम गर्दै गरेको स्थान नजिकै पुगरे फोटो खिचाउने काम गरेकाे तर त्यहाँ रहेका बिरामीको अवस्थाको बारेमा सोधपुछ वा उनीहरू सँग भेट समेत नगरेको भन्दै प्रश्न गरेका थिए ।
साम्पाङले भने आफ्नो कार्यक्रम बिथोल्न आएको भन्दै प्रतिप्रश्न गरेपछि केही समय लिम्बू र साम्पाङ तथा उनी समर्थित बिच प्रश्न प्रतिप्रश्न भएको थियो ।
पछि नगर प्रहरी लगाएर उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयमा बुझाइको थियो । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले शुक्रबार साझै कार्यालय ल्याइएको भए पनि उनी विरुद्ध कुनै निवेदन नआएको जानकारी दिएका छन् ।
लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।
लिम्बूलाई प्रश्न गरेकै आधारमा पक्राउ गरिएको भन्दै यति बेला सामाजिक सञ्जालमा मेयर सम्पाङको तीव्र आलोचना भइरहेको छ ।