धरानका मेयर हर्क साम्पाङले धरान धार्मिक  पर्यटकिय स्थल भएको बताएका छ्न् ।

उनले धरानमा विभिन्न मठ मन्दिरहरु रहेको र भाकल चढाउन, बोल बमलगायतको धार्मिक आस्थाका साथ तिर्थालु आउने गरेको मेयर साम्पाङले बताएका छ्न् ।

उनले धराना सुम्निमा र पारुहाङको विशाल मुर्ति बनाउने सोच रहेको र त्यसकालागि योजना कार्यपालिकामा लाने समेत बताएका छन्  ।

आज विश्व पर्यटन दिवसको अवसरमा उपमहानगरपालिकाबाट धरानका विभिन्न पर्यटकिय स्थलको पदयात्रा कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त पदयात्रा कार्यक्रमको समापनमा बोल्दै मेयर साम्पाङले यस्तो बताएका हुन्  ।