लामाेसमय देखी बढुवा प्रकृया राेकीएकाे भन्दै बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दे काठमाण्डौं पुगेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले सामुहीक राजिनामा दिएका छन् । 

कान्तिपुर टीभीकाे अनलाइ पाेर्टलले प्रतिष्ठानका सह प्रध्यापक डा. एसपी रिमालले जनाकारी गराएकाे भन्दै उक्त रिमाचार प्रकाशन गरेकाे छ ।  जसमा  प्रतिष्ठानका १४० चिकित्सकले सामूहिक राजीनामा दिएकाे उल्लेख गरिएके छ ।

शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका पदाधिकारीबाट माग नगरेपछि सामूहिकरूपमा बिदा लिएर प्रतिष्ठानका १७७ चिकित्सकहरू साेमबार सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री र कुलपतिसमेत रहेका प्रधानमन्त्री भेट्न काठमाण्डाै गएका थिए  ।  

मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर ज्ञापन पत्र बुझाएका चिकित्सकहरू मध्ये १४० जनाले राजसनामा दिएकाे बताइएकाे छ । 

मन्त्री बस्नेत गैरजिम्मेवार बनेपछि राजीनामा दिनुपरेको डा. एसपी रिमालका  जानकारी गराएका छन् । 

प्रतिष्ठानका चिकित्सकहरुले दरबन्दी खाली भएर पनि विगत ६ बर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध हुँदा निराशा छाएको र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छोडिसकेको चिकित्सकहरूले मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । 

जवाफमा मन्त्री बस्नेतले वीपीका चिकित्सकहरुको मागलाई आफुले गम्भीरतापुर्वक लिएको प्रतिक्रिया दिदै पदाधिकारीहरुलाई एक साथ बोलाएर चाडो निकास गर्न निर्देशन दिइसकेको बताए ।

उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई बोलाएर पनि कुरा गरेको जानकारी दिदै भने,‘उहाँ (पदाधिकारी)हरुलाई पनि बोलाएर निकास निकाल्नुस् भनिरहेको छुँ चाडो गछौं भनिरहेको छुँ । म काम गर्ने मान्छे हो, काम गर्नेलाई गर्न दिनुपर्छ ।’