विराटनगर स्थति ग्रिनक्रस अस्पतालबाट अवविाहति  जोडीबाट जन्मिएको शिशु वेपत्ता पछि विक्री  प्रकरणमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् भने ३ जना धरौटीमा रिहा भएका छन् । 

जिल्ला प्रहरी र्कायालय मोरङका अनुसार शिशुको बाबु जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका  ४ का वर्ष २७ को गोविन्द राई,  विराटनगर महानगरपालिका  २ घर भई दिपेश मेडिकल हल सञ्चालन गर्ने बर्ष ६८ का डा. तपेश्वर लाल कर्ण र रकम दिई शिशु खरिद गर्ने मोरङ कटहरी गाउँपालिका २ का वर्ष ३० का सुर्य नारायण राजवंशी पुर्पक्षको लागि कारागार चलान भएका हुन् ।

यस्तै अदालतले ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशीलाई २ लाख, सिराहाको कल्याणपुरकी ३८ वर्षीया निर्मला यादवलाई १ लाख र कटहरी–२ कि ४६ वर्षीया दिलमाया राजवंशीलाई १० हजार धरौटी मागरेको  कार्यालयले जनाएको छ ।

ग्रिनक्रस अस्पतालका सञ्चालक ५५ वर्षीय कृष्ण खवासको हकमा जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएर माथवर व्यक्तिको जिम्मा लगाउने निर्देशन भएअनुसार जिम्मा लगाएर पठाइएको कार्यालयले जनाएको छ।

 ग्रिनक्रस अस्पतालमा असार १४ गते जन्मिएकी नवजात शिशु  बेपत्ता भएकाे भन्दै शिशुकी आमाले ३२ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीसंगै प्रहरीले अनुसन्धानकाे क्रममा  शिशुका बुवा गोविन्द  र डा. तपेश्वर लालकाे संलग्नतामा सात लाख रुपैयाँमा किनबेच भएको खुलेको थियो। 

प्रहरीको अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिएकी थिइन्।

प्रहरीले भदौ ५ गते दिलमायाको घरबाट उक्त शिशुको उद्धार गरेको थियो। शिशुलाई बेपत्ता पार्ने उनीहरु विरुद्ध व्यक्ति बेपत्ता पारेको र संगठित अपराधको कसुरमा अनुसन्धान गरेकाे थियाे ।