कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छ। 

 प्रदेश प्रमुख प्रशुराम खपुङ्ले कार्कीलाई संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८(३) अन्तरगत मुख्यमन्त्री भएका  एमालेका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।


उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अन्तरगत सरकार गठनको आव्हान गरेका थिए ।

प्रदेश प्रमुखको आव्हान अनुसार सत्ता गठबन्धनको निर्णय अनुसार माओवादी केन्द्रका ईन्द्र आङ्वो र एमाले र काँग्रेस शेखर कोइराला पक्षका ८ सांसदको समर्थनमा कांग्रेस कै केदार कार्कीले दावी पेस गरेका थिए ।

दुबैको दाबीमा काँग्रेसका ८ सांसदको हस्ताक्षर रहेको भन्दै प्रदेश प्रमुख खपुङले सनाखतका लागी दुवै पक्षलाई आज बिहान बोलाएको थियो । 

कार्कीको समर्थनमा सनाखत दिन काँग्रेस ८ सांसद सहित ४७ सांसद सशरिर उपस्थित भएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । 

आङ्बो भने आफ्नो दावी नपुग्ने भएपछि उपस्तिथि भएनन् । 

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका कार्की कोशी प्रदेशको आठौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् ।

अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक बर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त भएका छन् ।

यो अबधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् ।

दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका काङ्ग्रेसका उद्धव थापालाई भने अदालतले बरखास्त गरेको थियो ।

niyukti-e1697256763212-768x980