कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबार भएकाे  दोश्रो प्रदेश सभाको चौथो अधिवेशन अन्तरगतकाे तेश्रो बैठकमा  मुख्यमन्त्री  कार्कीले विश्वासको मत मागेका हुन् । 

विश्वासकाे मत दिन अग्रह गर्दै मुख्यमन्त्री कार्कीले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताएका छन् । 

उनले  ‌सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताउँदै उनले राज्यका हरेक निकायमा जनताको पहुँच पुर्याउनका लागि काम गर्ने बताए । विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे ।

९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । ६ सिटको राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।