कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेश सभामा कार्कीले विश्वासको मत लिएका थिए ।
असोज २८ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेश सभामा उपस्थित ९१ सांसद मध्ये कार्कीको पक्षमा ८६ र विपक्षमा मत ५ खसेको हो ।
सत्ता गठबन्धन दलको निर्णय विपरीत काँग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री दाबी पेस गरेका कार्कीलाई काँग्रेस शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ सांसदसहित ४७ सांसदको समर्थन रहेको थियो ।
गठबन्धनले भने माओवादी केन्द्रका इन्द्र आङ्वोलाइ मुख्यमन्त्रीमा अघिसारेको थियो । काँग्रेसका ८ सांसदले विद्रोह गरेपछि आङ्वोको बहुमत नपुगेपछि कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
विश्वासको मत विभाजन गर्ने क्रममा भने सत्ता गठबन्धनले कार्कीलाई दबाबमा राख्न पनि विश्वासको मत दिने निर्णय गरेपछि राप्रपा एक्लैले विपक्षमा मतदान गरेको छ ।