विश्वकप छनोटको फाइनलमा नेपालले १८५ लक्ष्य दिएको ओमनले दोस्रो विकेट गुमाएको छ।

 १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर अकिब इल्यास आउट भएका छन् । १० औँ ओभरको चौथो बलमा उनी गुल्शन झाको बलमा आउट भएका हुन्। कश्यप प्रजापति ४७ रनमा खेल्दैछन्।

अकिब र प्रजापतीबीच दोस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो। ओमानले २७ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।

ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन जोडेको छ। ओमानलाई अब १० ओभरमा ८८ रन आवश्यक छ।