धरान उपमहानगरपालिका ६ मा टेम्पू दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, तीन जना घाइते भएका छन् ।
मालपोत चोक नजिकै को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पूमा सवार ४ जना घाइते भएका थिए ।
दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकोमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परी सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।
त्यस्तै, मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको बुधबार मृत्यु भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ।