सुनसरीको बराहक्षेत्र नगरपालिकामा २ स्थित मानव बस्तीमा जंगली हात्तीको वथान प्रवेश गरेको छ । बुद्ध चौक र शान्ति चौक क्षेत्रमा अन्दाजी ४० को सङ्ख्यामा जङ्गली हात्ती प्रवेश भएको बताइएको छ । हात्ती गाउँ छिरेसंगै स्थानीयबासी तथा प्रहरीले साइरन बजाएर आगो बलेको धपाउने प्रयास गरिरहेका छन् ।
छावासहितको हात्तीको वथान वडा नं २ को कौशिका सामुदायिक वन र आदर्श सामुदायिक वनबाट रेल्वेलाईन र पुनरवास टोलको बस्तिमा प्रवेश गरेको हो ।
स्थानियहरुको सुरक्षाको साथै उक्त जंगली हात्तीलाई जंगल तर्फनै फर्काउन नेपाल प्रहरी , सशस्त्र प्रहरीका साथै बराहक्षेत्र नगरपालिकाको मेयर रमेश कार्की उक्त स्थामा पुगेका छन् ।