विराटनगर । मोरङ र झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ५ बजे झापाको मेचिनगर नगरपालिका ६ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको दमक ४ का २७ वर्षीय बिर्जेश सुनुवारलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उनको साथबाट २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै पक्राउ गरेको हो । 

त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह पिआइटी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर १६ दरैया चोकबाट को। २२ प ६९५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक विराटनगर११ का २५ वर्षीय रोशन साहको साथबाट निट्राभेट-४० चक्की फेला पारी नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।