मोरङको लेटाङमा फार्मेसीको लापरबाहीका कारण महिलाको मृत्यु आरोप लागेको छ ।
मंगलबार लेटाङ नगरपालिका–३ मा रहेको दीर्घायु लेटाङ फार्मेसीमा उपचारका लागि आएकी ३३ वर्षीया गोमा लिम्बूको मृत्यु भएपछि परिवारजनले फार्मेसीको लापरबाहीका कारण मृत्यु भएको बताएका छन् ।
लिम्बूको दिउँसो ४ बजेतिर मृत्यु भएपछि, आक्रोशित परिवारजनले उनको शव फार्मेसीअगाडि राखेर विरोध जनाएका छन्।
परिवारजनले फार्मेसीमा भएका स्वास्थ्यकर्मीहरूको लापरबाहीलाई महिलाको मृत्युको कारण ठहर गर्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।
स्थानीय प्रशासनले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ। यस घटनाले स्थानीय समुदायमा फार्मेसीको सेवाप्रति असन्तुष्टि र आक्रोश बढाएको छ। फार्मेसी अगाडी भेला भएका आक्रोशित भिडलाई प्रहरीले नियन्त्रण गरीरहेको छ ।