प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा मंगलबार साँझबाट अनफलो अभियान सुरु भएको छ । 

यो अभियान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले सुरु गरेका हुन्।

मंगलबार बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग राख्दै एक फेसबुक पोस्ट गरेका थिए 
 उनले शर्माले एक नाबालिगलाई घरेलु कामदारका रूपमा यातना दिएको र अदालतले समेत पक्राउ गर्न भने पनि पक्राउ नभएकी भन्दै प्रधानमन्त्री ओली माथि सुशासनको प्रश्न उठाएका थिए ।

केही समयपछि फेसबुकबाट उक्त पोस्ट हटेको थियो । बालेनको पोस्ट उनको वालबाट हटेको केही समय पछिबाट बालेन समर्थकले एमाले समर्थकले रिपोर्ट गरेका कारण फेसबुकले पोस्ट हटाएको भन्दै  ओलीको फेसबुक पेजबाट अनफलो अभियान चलाएका छन् । 

अभियान सुरु भएयता, ओलीको पेजमा करिब ६८,००० फलोअर घटेका छन्।भने बालेनको पेजमा भने एक लाख बढी फलोअर बढेका छन् ।