सुन्दरहरैचा, मोरङ - मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित एक केरा बगानमा मृत फेला परेका दुई बालिकाको हत्या उनीहरूकै आमाले गरेको स्वीकार गरेकी छन्।
घटनास्थलबाट फरार भएकी २१ वर्षीया अस्मिता पौडेललाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार, अस्मिता पौडेलले घरायसी विवादका कारण आफ्ना छोरीहरू १ वर्षीया आइङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीलाई विष सेवन गराई हत्या गरेको स्वीकार गरेकी छन् ।
धनकुटा पाख्रीबास नगरपालिका वडा नं. ५ घर भएकी अस्मिता, हाल मोरङको सुन्दरहरैचा-७ मा आफ्नो पति अर्जुन कार्कीसँग बस्दै आएकी थिइन्।
छोरी लीएर शुक्रवारदेखि सम्पर्कविहीन रहेकीमा शनिबार छोरीहरु मृत फेला परेपनी अस्मिता सम्पर्कमा आएकी थिइन् ।
प्रहरीले अस्मितालाई भदौ १९ गते बिहान पूर्वपश्चिम राजमार्गमा पक्राउ गरेको जनाएको छ। अस्मिताले श्रीमान् आर्जुनसंग विवादपछि आफुले बीस सेवन गरेको र पेट पोल्न थालेपछि छोरीहरूलाई पनि बीस खुवाएको बयान दिएको प्रहरीले जनाएको छ ।
श्रीमानले आफ्ना छोरीहरूको हत्या गरेको आरोप लगाउँदै अस्मिता पौडेलविरुद्ध कानूनी कारबाहीको माग गरेका छन्। यस घटनामा मोरङ जिल्ला अदालतले चार दिनको म्याद थप गरी अनुसन्धानलाई अघि बढाइएको कार्यालयले जनाएको छ ।