उदयपुरको कटारी एकै परिवारका आमा र छोरा मृत फेला परेका छन् ।
नगरपालिकाको १० नम्बर वडा स्थित सोरुङ्गछविसेमा बिहीबार बिहान आफ्नै घरमा शंकास्पद अवस्थामा आमा छोराको शव फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार अन्दाजी ४० वर्षीय निर्मला थापा र ६ वर्षीय छोरा आरुस थापा आफ्नै घरभित्र रगतले लतपतिएको अवस्थामा मृत भेटिएका हुन्।
नगरपालिकाकी कार्यपालिका सदस्य गीता गिरीका अनुसार बालकको घाँटी धारिलो हतियारले रेटेको जस्तो देखिएको छ भने महिलाको शव घोप्टो अवस्थामा फेला परेको छ।
गिरीले भनिन्, "खाटमाथि सुतेका बालकको शरीरमा निकै चोटपटक लागेको देखिन्छ। आमा घोप्टो परेर सुतेकी देखिएकाले कहाँ चोट लागेकोबारे प्रहरी आएपछि मात्र थाहा हुनेछ, तर अवस्था हेर्दा यो कसैले हत्या नै गरेको हो।"
इलाका प्रहरी कार्यालय कटारीमा स्थानीयले घटनाको खबर गरेपछि प्रहरी टोली खटिएको भए पनि घटनास्थल विकट भएकाले प्रहरी पुग्न समय लागेको छ। डीएसपी चापागाईले बताएका छ्न् ।
मृतकका श्रीमान अशोक थापा तीन वर्षदेखि भारतको दिल्लीमा अर्की श्रीमतीसहित बस्दै आएका छन्।
श्रीमान दिल्ली गएपछि निर्मला थापा गाउँमै सामान्य पसल चलाएर आफ्नो गुजारा गरिरहेकी थिइन्।
घटनाको थप अनुसन्धानका लागि प्रहरीले टोली खटाइसकेको छ।