कोशी नदीमा बस खसेको छ । शुक्रवार साँझ ६ बजेको विराटनगरबाट उदयपुरको गाईघाटका लागि छुटेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस कोशी ब्यारेजबाट नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीलेका अनुसार ब्यारेजको ३४/३५ नम्बर ढोका छेउबाट बस अनियन्त्रित भई नदिमा खसेको हो ।
बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको बताइएको छ । बसमा २० जना मात्रै यात्रु रहेको र सबैको उद्दार गरिएको बताइएको छ । उद्धार भएका यात्रुलाई विभिन्न अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत जानकारी भने आइसकेको छैन ।