काठमाडौँ उपत्यकामा निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले ३२ जनाको ज्यान गएको छ भने १२ जना अझै बेपत्ता छन्।
काठमाडौँ, ललितपुर, र भक्तपुर गरी कूल १,०५३ जनालाई उद्धार गरिएको छ। काठमाडौँमा ११, ललितपुरमा १६, र भक्तपुरमा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। साथै, १७ जना घाइते भएका छन्।
बाढीले काठमाडौँ उपत्यकाका धेरै क्षेत्रमा घरहरू डुबानमा पारेका छन्, जहाँ ४ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १,२४४ घरमा पानी पसेको छ।
यस विपद्को व्यवस्थापनमा ४,५०० भन्दा बढी प्रहरी परिचालित गरिएको छ।
नेपालभरका ४४ जिल्लामा बाढी र पहिरोको असर परेको छ, जसले ३९ जिल्लाका सडकहरू पूर्ण रूपमा अवरुद्ध बनाएको छ।